दुइ मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाडौं, फागुन १९।
बादलको घुम्टोमा लुकेकी चादनीले
सुस्तरी घुम्टो उघार्न लुकेकी चादनीले
आफ्ना दुःखद अतीतहरु बिर्सिदिन्छिन्
उज्यालोतिर जान लम्केकी चादनीले ।
सत्य मार्गको पथ पथ प्रदर्शन गरेर हेर
अनित्य संसारलाई राम्ररी बुझेर हेर
वास्तविकता अन्यौलमा परेकोछ
साचो कुरा नै दिग्दर्शन मानेर हेर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।