आठ सुसेली : सुशील आचार्य (कविता )

आठ सुसेली : सुशील आचार्य (कविता )

कपन अनलाइन

काठमाडौं, फागुन १९।

सुसेली आयो
सुर ताल मिलेको
लठ्ठै बनायो

पानी तालैमा
रमाईलौ गरौंला
नयाँ सालैमा

सफा पानीले
सधै मुख धुन्छिन् है
हाम्रो नानीले

कुरा नै मिठो
मन भरि नराख
सुनाउ छिटो

नमान हार
काम गरि खानु है
सधैं आहार

कुलो काटौंला
मन मिलेछ भने
जग्गा साटौंला

खेती गर्दछु
अनि जीवन धान्न
भरै पर्दछु

गरेर काम
आहा ईज्यत कस्तो
कमाए नाम ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।