तेह्रौ पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिनटन सुरु

तेह्रौ पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिनटन सुरु

कपन अनलाइन

काठमाण्डौ ,फागुन १४
नेपाल कम्युनिस्ट  पार्टीका संस्थापक पुष्पलालको स्मृतीमा नेकपा एमाले भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगत रहेको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपाको आयोजनामा भएको ते¥हौं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता राजधानीको चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा सुरु भएको छ ।
प्रतियोगिताको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले एक कार्यक्रम विच पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरे । प्रतियोगितालाई खेल सामाग्री उत्पादक लि–निङ्गले प्रायोजन गरेको छ ।
कार्यक्रममा पूर्व मन्त्री कर्ण बहादुर थापा, नगपालिका उपप्रमुख बशन्ती श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायत पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
प्रिन्स र रसिलाको बिजयी सुरुवात
तीन पटकका बिजेता एपिएफका प्रिन्स दाहाल र ललितपुरकी रसिला महर्जनले लि–निङ्ग १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको पहिलो दिन नेपाल ब्याडमिन्टन संघको शिर्ष ८ बरियताका खेलाडीहरु विच भएको प्रतिस्पर्धामा बिजयी सुरुवात गरेका छन् ।
नेपाल नब्वर एक खेलाडी प्रिन्सले लिगको पहिलो खेलमा नेपाल पुलिसका सुनिल जोशीलाई २१–११, २१–११ को समान अन्तरले पराजित गरेका हुन् । यस्तै नम्बर एक खेलाडी रसिलाले मोरङ्गकी सिमा राजबशी माथि २१–१२, २१–१४ को जित निकालिन् ।
पुरुष तर्फकै अन्य खेलमा नेपाल पुलिसका जीवन आचार्यले एपिएफका बिजित थापा मगरलाई २१–१४, २१–१३, ललितपुरका प्रफुल महर्जनले पुलिसका दीपक बोहरालाई २१–१३, २१–१५ र एपिएफका देवराज रानाले पुलिसका बिष्णु कटुवाललाई २४–२२, २१–१३ ले पराजित गरे । यस्तै महिला तर्फको खेलमा त्रिभुवन आर्मी क्लबकी अनुमाया राइले सर्लाहीकी निकिता लामालाई २१–१०, २१–१२, आर्मीकी अमिता गिरीले एपिएफकी शोभा गौचनलाई २१–१०, २५–२३ र भोजपुरकी नङ्गशल तामाङ्गले पुलिसकी निता लम्साललाई २१–१५, २१–१८ ले पराजित गरे ।
यस्तै आजै भएको शिर्ष ८ बाहेकको पुरुष एकलको प्रतिस्पर्धामा देबीनगर ब्याडमिन्टन क्लबका हेमन्त ऐरले किर्तिपुर ब्याडमिन्टन क्लबका सुलभ पौडेललाई २१–१६, २१–१३ ले, आर्मीका लक्ष्मण रानाले मण्डला ब्याडमिन्टन क्लबका निरन्जन सिलवाललाई २१–११, १७–२१, २१–९ ले, देबी नगर ब्याडमिन्टन क्लबका बबिश थापाले रिभाईभका किरण न्यौपानेलाई २१–१३, २१–१५ ले पराजित गरे । यस्तै जित हात पार्ने क्रममा आर्मीका पविन लिनथेप, पर्साका सत्यम बिपिन मिश्र, आर्मीका सन्तोष पनेरु, पाँचथरका दिवस शंकर, युनिग्लोव कलेजका सक्षम ढकाल, एपिएफका सुजन थापा, आर्मीका नरेन्द्र बम र सौर्य महर्जन, कम्प्लिट हेल्थ क्लबका नगेन्द्र लिम्बु, आर्मीका सुप्रिम पन्त, नखिपोटका बिवेक चौधरी र देबीनगर ब्याडमिन्टन क्लबका अमन भट्टले पनि जित हात पारे ।
पविनले एपिएफका प्रदीप सोतीलाई २१–७, २१–९, सत्यमले रिसोल्ट कन्सल्ट्यान्सीका निशान गुरुङ्गबाट वाकओभर, सन्तोषले देबी नगरका आकाश कटुवाललाई २१–१२, २१–१७, दिवसले भोजपुरका बिशाल तामाङ्गलाई २१–१३, १२–२१, २१–१७, सक्षमले ललितपुरका संगम मोक्तानलाई २१–८, २१–८, नरेन्द्रले कैलालीका शिषिर रानालाई २१–१८, २१–१९, सौर्यले रिभाईभका अनन्त पाख्रिनलाई २१–१३, २१–१९, नगेन्द्रले कन्चनपुरका निखिल भट्टलाई २१–१६, १६–२१, २३–२१, सुप्रिमले पर्साका क्रृष गुप्तालाई २१–६, २१–१३, बिवेकले बनस्थलीका प्रकास सापकोटालाई २१–७, २१–१५ र अमनले एपिएफका प्रारम्भ सिमखडालाई १८–२१, २१–१५, २१–१९ ले पराजित गरे ।
यस्तै यु–१३ छात्र तर्फ भोजपुरका तयावुङ्गराई, किर्तिपुरका गगन बि.क. र सामन्त बज्राचार्य, नेपाल पुलिस स्कुलका प्रनिष कार्की, धन्यन्तरीका सुहम कार्की, कास्कीका अमृत थापा, नेपाल पुलिस स्कुलका श्याम भण्डारी, कैलालीका रियांस चौधरी, इन्टरनेशनल ब्याडमिन्टन डेभलोपमेन्ट सेन्टरका अच्युत ढुङ्गेलले पनि आआफ्ना प्रतिद्वन्दीलाई पराजित गरे ।
प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको शिर्ष ८ बरियतामा रहेका पुरुष र महिलाहरुको एकल, ८ बरियता देखि बाहेकका पुरुष र महिला एकल, पुरुष र महिला युगल, यु–१७ ब्वाइज र गल्र्स एकल, भेट्रान्स ४५ बर्ष माथी र मास्टर्स ५५ बर्ष माथी, यु–१३ को ब्वाई र गल्र्स एकल गरि १२ विधामा प्रतिस्पर्धा हुनेछ ।
ब्याडमिन्टको इतिहासमा एक सम्मानित प्रतियोगिताको रुपमा रहेको यस प्रतियोगिताको कुल पुरस्कार रासी ७ लाख २३ हजार रहेको छ । शिर्ष ८ बरियताका खेलाडीहरुको प्रतिस्पर्धा दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा खेलाईने छ । यस विधामा सहभागी प्रत्येक खेलाडीले नगद १५ हजार प्राप्त गर्ने र लिग चरणका प्रत्येक खेलमा जित हात पारे बापत थप नगद १५ सय प्राप्त गर्ने छन् । दुई समूहका शिर्ष २ स्थान प्राप्त गर्ने खेलाडीहरुले सेमीफाईनलमा स्थान पक्का गर्नेछन् । बिजयी खेलाडीले नगद ५० हजार, उपबिजयीले नगद ३० हजार र सेमिफाईनलिस्ट द्वयले नगद करिव १५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संघका महासचिव सुनिलमान शाक्यले जानकारी गराएका छन् ।
प्रतियोगितामा शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले मेडल, ट्रफी र प्रमाण पत्रका साथ शिर्ष ८ बरियता देखि बाहेकको पुरुष एकल र महिला एकलका शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष युगल तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् । महिला युगल तर्फका शिर्ष तीनले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् । यु–१७ र यु–१३ विधामा शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद १५ हजार, ८ हजार र ४ हजार तथा भेट्रान तथा मास्टर्सका शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ३० हजार, १५ हजार र ५ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
राष्ट्रिय ब्याडमिन्टन संघले प्रिन्सलाई सम्मान गर्ने
१३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताका दौरान राष्ट्रिय ब्याडमिन्टन संघले नेपालका नम्बर १ खेलाडी एवं पूर्व बिश्व जुनियर नम्बर १ खेलाडी प्रिन्स दाहाललाई सम्मान गर्ने भएको छ ।
पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको लगातार तीन संस्करणमा विजयी खेलाडीलाई मोटरसाईकलबाट सम्मानित गर्ने पूर्व घोषित निर्णय बमोजिम प्रिन्सलाई सम्मान गर्न लागिएको संघका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी गराए ।
पिन्सले पुष्पलाल स्मृती ब्याडमिन्टनको १० औं, ११ औं र १२ औं संस्करणमा विजय हात पार्न सफल भएका थिए ।

तपाइँको प्रतिक्रिया ।