ढुंगामा कलात्मक चित्र कोर्दै त्रि-ज्योति माविका विद्यार्थीहरु…..
कपन अनलाइन
काठमाण्डौ,फागुन ९/अग्रता नेपाल
त्रि – ज्योति मा .वि .ले कक्षा ५ र ६ मा अध्ययनरत बालबालिकाहरुलाई ढुङ्गामा पनि चित्र कोर्ने प्रतिस्पर्धा आयोजना गरेको छ ।
खोलामा पाइने विभिन्न आकारका ढुङ्गामा बालबालिकाहरुले आफ्नो इच्छा अनुरुपको विषय छनोट गरी सुन्दर चित्र बनाउने कला सिकाएर सिप र शिक्षा : त्रि- ज्योतिको इच्छाको मर्मलाई व्यवहारमा उतारेको छ । बालबालिका अथाह संभावनाका खानी हुन् ।
उनीहरूलाई प्रयोगात्मक शिक्षा प्रदान गर्न सके आत्मनिर्भर बनाउन सकिने कुरा निश्चित छ भन्ने ध्ययले यो कार्यक्रम आयोजना गरेको कुरा बिद्यालयका प्राचार्य गणेशकुमार मिश्रले बताए ।
प्रथम त्रि -ज्योति स्टोन चित्रकला प्रतियोगिताले बालबालिकाहरुलाई आत्मनिर्भर बनाउन मद्दत गर्ने हुनाले यो अति नै राम्रो कार्यक्रम भएको हुँदा आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उद्देश्य राखिएको बताए ।
त्रि – ज्योति मा .वि.का बालबालिकाहरुलाई सृजनशील कर्मका साथमा स्नेह ,ज्ञान र नेतृत्वलाई सदैव स्वीकार गरी जीवन उपयोगी मार्गमा लाग्न प्रेरित गर्दै प्रथम ,द्दितीय र तृतीय हुने बालबालिकाहरुलाई प्रमाणपत्र र ट्रफी एक कार्यक्रमका विचमा प्राचार्य गणेशकुमार मिश्रले प्रदान गरेका थिए ।
(अगता नेपाल त्रि – ज्योति मा .विमा अध्ययनरत विद्यार्थी पत्रकार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन्)