रोमान्चक बन्यो बाल उद्दारको शिक्षक चुनाव: “गोलाप्रथा” ले सन्तोष लुइँटेललाई साथ दियो
कपन अनलाइन
काठमाण्डौ,फागुन ४।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बाल उद्दार माविमा व्यवस्थापन समिती गठनका लागि भएको निर्वाचनमा मत बराबर भएपछि गोलाप्रथाबाट प्रतिनिधि छनौट गरिएको छ।
विद्यालय व्यवस्थापन समिती सदस्यका लागि भएको निर्वाचनमा शिक्षकहरु सन्तोष लुइँटेल र राजेन्द्र बुढाथोकी विच मत बराबर भएसंगै गोला प्रथा गरेर प्रतिनिधि चयन गरिएको हो।
कुल खसेको ४१ मत मध्य लुइँटेल र बुढाथोकीले समान २० मत प्राप्त गरेका थिए भने रहस्मय ढंगले एक मत खाली रहेको थियो।
व्यवस्थापन समितीमा धुर्व प्रसाद घिमिरे अध्यक्ष रहेका छन सदस्यमा पवित्रा राना,डा.भगवान अर्याल , सुबिन चालिसे र मिरा रेग्मी चयन भएका छन भने जनप्रतिनिधिकाका तर्फबाट दिल कुमारी बिक चयन भैसकेका छन।
उक्त विद्यालय व्यवस्थापन समितीको सदस्य सचिवमा प्रधानाध्यापक बिनोद पण्डित रहेका छन भने आजको निर्वाचन पश्चात सन्तोष लुइँटेल शिक्षक प्रतिनिधिका रुपमा व्यवस्थापन समितीको सदस्य बनेका छन।