इमान : राजु क्षत्री ‘अपुरो’ (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,माघ २०।
उनी सदा मर्निङ वाक गरेपछि चिया पिउँदै अखबार पढ्थे । त्यसपछि खानाखाएर पढाउन जान्थे । यो उनको दैनिकी थियो ।
एकदिन पढाउन जाने क्रममा उनले बाटोमा स्यामसुङ्ग कम्पनीको मोबाइल फेला पारे । निकै खोज खवर गरेर सम्बधित मान्छेको हात मै बुझाइदिए ।
अर्कोदिन कुनै नारीको पर्स भेट्टाए । चानचुन रु. १०,००० रहेछ । खोजतलास गरेर हस्तान्तरण गरिदिए । सबैले उनको इमानदारीको गुणगान गाए । उनको इमानदारीको चर्चा हुन थाल्यो ।
आज बिहान मर्निङ वाकजाँदै गर्दा उनले डेढ तोलाको सिक्री फेला पारे । उनले दायाँ हेरे, बायाँ हेरे अनि टपक्क टिपेर खल्तिमा हाले ।
त्यो बेलाउनी रित्तो घाँटी लिएर हिंडेकी कचकचे श्रीमतीलाई सम्झेर मुसुक्क मुस्कुराए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।