दलित अधिकारकर्मीमाथिको धरपकडबारे जानकारी दिन सभामुखको गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ, १९ साउन । सभामुख सुवास नेम्वाङले दलित अधिकारकर्मी र सांसदहरुमाथि गरिएको प्रहरी धरपकडबारे बुधबारको बैठकमा जवाफ दिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमलाई निर्देशन दिनुभएको छ ।

Subas Nembang Chairman of Constituent Assembly delivers remarks during a book launch ceremony of 'Declaration on Parliamentary Openness' on Tuesday held in the capital organize by Citizen's Campaign for Right to Information (CCRI) and the Parliament Watch. Photo: Kumar Shrestha/RSS
व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसद्हरुले शान्तिपूर्ण प्रदर्शनका क्रममा बिजुलीबजारमा दलित अधिकारकर्मी र सांसदहरुमाथि दमन भएको भन्दै सरकारको ध्यानाकर्षण गराएपछि सभामुखले सो निर्देशन दिनुभएको हो ।

सांसद्हरुले सदनमा गृहमन्त्रीले माफी माग्नुपर्ने, घाइतेहरुको निःशुल्क उपचार गर्नुपर्ने, धरपकडमा संलग्न प्रहरी अधिकारीमाथि कारबाही हुनुपर्ने माग राख्नुभएको थियो ।

सांसद्हरुको मागअनुसार नै सभामुखले भोलिको बैठकमा सरकारको धारणा राख्न निर्देशन दिनुभएको हो । ‘‘सांसद्हरुले सरकारबाट जानकारी माग गर्नुभएको र गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएकाले भोलिको बैठकमा दलित अगुवामाथिको धरपकडबारे जानकारी गराउन निर्देशन गर्दछु,’’ सभामुख नेम्वाङले भन्नुभयो ।

तपाइँको प्रतिक्रिया ।