राष्ट्र निर्माणका प्रतीक पृथ्वीनाराय शाह : गंगा लिगल (कविता)
कपन अनलाइन
काठमाण्डौ ,माघ ६।
होनहार व्यक्तित्व महान मानव
जसले राजा भएर पनि आफूलाई
सामान्य व्यक्तिको रूपमा प्रदर्शित गरि
टुक्रिएको नेपाललाई एकताबद्व गरी
नेपालीलाई सुख र चयन दिएर
आफूले आत्म शान्ति लिएर गए ।
अमर कीर्ति राखेर गए,
धन्य ! उनलाई
हार्दिक श्रदा सुमन अर्पण ।
सागर तिमी ……..
हो नेपालमा सागर छैन,
तर तिमी जस्तो महान पुरुषले
यो देशलाई सागरै बनाई गयौ
सागरैको गरिमालाई बोकेर
ठूलो छाल लहर भएर
नेपाली भूमीमा
अरुलाई दमन गर्ने
भयानक प्रभुत्व बोकेर
गज्र्यौ तिमी ।
जसको भयंकर गर्जनले
अथाह, बिकृती सारा नाश पारेर
मात्र तिमी चन्द्र सूर्य झण्डासहित
प्रत्यक्ष भयौ ।
हे युगका सार,
हे, उर्लदो भेल दमन गर्न सक्ने
अजङ्गको शक्ति, अनि होनहार
कर्मठ मुर्धन्य व्यक्तित्व
सदा सर्वदा तिमी
जीवन्त छौ ।
तिम्रो तेजस्वी अनि वजस्वी मुटु
हे अनन्त बलिष्ठ
पाखुरीका धनी
विशाल ब्रम्हाण्डलाई नै
आफू भित्र समेटेर
एकछत्र बनाई
नेपाली नामलाई सदा
अजर अमर बनाई छोडने
हे युग अनि शिखर पुरुष
सदा तिमी त हाम्रो हृदयमा
ढुकढुकी बनेर बसेका छौ ।
यही जीवन्तताले
हामीमा ठूलो स्फुर्ती र
जागरण ल्याउन सफल भएको छ ।
यो केवल तिम्रो सौहाद्रता र स्नेहपूर्ण प्रेरणा हो
जसले गर्दा हामी माथि जति पनि
छ्ल कपट आधी बेरि र
भेल आए तापनी
कहिले तिम्रै पे्ररणा र आशिर्वादले
हाम्रा पाइला डग्मगीएका छैनन् ।
यो परम्परालाई हामीले
कहिले निभ्न दिने छैनौं
जबसम्म चन्द्र सूर्य रहनेछ
तबसम्म यसको
जीवन्तता अटल मात्र नभएर
अजर अमर रहनेछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक