लज्जा बोध : विक्रम श्रेष्ठ ‘सागर’ (लघुकथा)

लज्जा बोध : विक्रम श्रेष्ठ ‘सागर’ (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,पुस २८।

एक दिन बाटो परेको अवस्था पारी बन्दै गरेको भाईको घर हेर्न पुगे कुमार दाई । भाईले पनि आउनु भएको दाज्यूलाई देखि साह्रै खुसि हुँदै आफ्नै तरिकाले स्वागत गरे ।

यसै क्रममा हौसिएर ‘यो बैठक, यो चर्बी, अनि यो चाहि भान्छा र यो सानो भण्डार कोष्ठ’ भन्दै क्रमश आफ्नै सुरमा बोल्दै थिए । कुमार दाई टाउको हल्लाउदै अँ .. अँ .. मा जवाफ फर्काउदै अघि बद्दै गर्दा कुमारदाईले एक महिला ज्यामीको रुपमा काम गर्दै गरेको देख्छ ।
आँखा अगाडि देखा परेकी महिला चिने चिने झै, कहि कतै राम्रै कुरा गरि सके झै लाग्छ कुमार दाईलाई तर थम्याउन कठिन भै रहेको थियो । अँ ..अँ .. मा टाउको हल्लाउदै दुई भाई अघि बढ्दै गर्दा कुमार दाईको मन मस्तिष्कमा भने उहि महिलाले स्थान ओगटिररहेको थियो ।
दिमागलाइ जोड दिदै गर्दा
झसंग भई ‘एकै छिन है’ भन्दै काम गरिरेकी महिला ज्यामी समक्ष पुग्दछ ।
सुन्नोस त ! ‘तपाई माकुरी होइन ? मेरो मतलब तपाईको नाम माकुरी होइन ?’
महिला शिर उठाउदै ‘हो साउ जी ।’
कुमार दाई निश्चिन्त हुँदै ‘म तपार्ईलाइ एउटा कुरा भन्छु अन्यथा नलिनु होला, मात्र सुन्नोस है ।’
माकुरी ‘के कुरा होला साउजी ? भन्नोस न ।’
कुमार दार्ई हेर्नोस बहिनी ‘तपाईको पेशा पुजनीय छ । गर्व लाग्छ मलाई ! यस पेशामा रहेर जानी नजानी धर्म र पुण्यको कार्य गर्नु हन्छ । तर हाल यदाकदा कोहि कसैको कारणले पेशा प्रति उब्जिने गरेको श्रद्धा भाव र विश्वासमा अंंकूसे लाग्दै गरेको मलाई भान भएकोछ । त्यस्तै आस्था धमिलिए सँगै पेशा प्रति नकारात्मक सोच उत्पन्न हुदै गरेको सुन्दैछु । अतः यस्तो नभै दिए वा नगरि दिए सर्वथा उत्तम हुने
थियो । शायद मैले भन्न खोजेको कुरा तपाईले बुझ्नु भयो होला ।’ भन्दै लगाइ राखेको कोला चस्मा र मास्क हटाउछ  ।
केही महिना अघि मात्र आफू माथी गरेको विश्वासलाई घात गरेको सम्झिए संगै लज्जित हुदै शिर निहुुराएर केहि बोल्न नसकी किंकर्र्तव्य विमूठ रहन पुग्छे, माकुरी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।