राममाया : शीतल गिरी (कथा )

राममाया : शीतल गिरी (कथा )

कपन अनलाइन

काठमाण्डौ ,पुस २५।

राममायाको वाल्यकाल टालाटुलीको पुतलीबनाएर विहे गराई खेल्ने उमेरमागिट्टी कुटेर वित्यो । बागमतीकिनार गोपालकुटीको छाप्रे वस्तिमाउनले आाखाखोलेकीथिइन् । अभाववश जोगीखोलाको पानीजमेको खोल्सा, पोथ्रापोथ्री आड भएको ठाउँमा जवानहुदापनिनिवस्त्रनुहाउनु पर्दथ्यो । वाउ ढुङ्गा वालुवालोड गर्ने मजदूर थियो । ढुङ्गा वालुवाको ठेकेदार शंकर नित्यकर्म गर्न जंगलजाने गथ्र्यो— त्यहाँउसले राममायानिवस्त्रनुहाएको धेरै दिनदेखी लुकेर हेर्ने गरेको थियो ।
एकदिन यौवनले मदमस्तभएपनिबाध्यतावशनिवस्त्रनुहाउदै गरेकी राममायाले झाडीको ओटमा लुकेर नेत्रले यौवन रसपानगर्दै गरेको शंकरलाई देखिन् । राममायाको मदमस्तअक्षत यौवनपहिलो पटक अवलोकन गरेकै दिनदेखि शंकरमाउन्माद छाएको थियो । राममायाको संझना आउने वितिकै उसको धडकन बढ्ने गथ्र्यो र आँखामा गठिलो कसिलो कोमल यौवननाच्दथ्यो । राममायाले उसलाई आफूतिर घुरेर हेर्दैगरेको देखीन् । जती समयमाउनले आफ्नो नग्न योवन वस्त्रले ढाक्दथिन्, उसको आँखाले नग्न यौवन र अक्षत योनीको पुष्ट डिल देखीसकेको थियो ।
बस, यही एउटा सम्बन्धदुबैको बिच बन्नगयो । नाङ्गो शरीर पराईले हेर्नु राममायाको धर्मभीरु म्नमा डर पस्यो । उनलाई जुनकिसिमको शिक्षाउसकाअशिक्षितआमा र दिन्दू धर्मले दिएको थियो, त्यसले शंकरलाई उनले आफ्नो जीवनबाट पन्छाउन सकिरहेकीथिनन्, लाग्दथ्यो उनको जीवनको उ एक अंगहो । नाङ्गो शरीरलाई हातले छुनु, भोग्नु अथवानजरले प्युनु एउटै थियो, उनको लागि । त्यसपछि जब पनिशंकर बाटोमा भेटिन्थ्यो, राममायाको मुहार रातो बन्दथ्यो, नजर झुक्दथ्यो र मुटु जोड जोडले धडकन थाल्दथ्यो । पहिले त शंकरले खासै ध्यानदिएको थिएन । चुरेका छेउ छाउका महिलाहरू खोलाखोल्ािमानिवस्त्रनुहाउनु र शरीरको गोपनियभाग देखिनु कुनै खास कुरै हैन ।
यस्तो हुने गरेको थियो पहिले पनि र शंकरले धेरैको देखेको हुँदावास्त ागर्ने गरेको थिएन । तर राममायाले महशुस गरेको अपराधबोधले उसलाई चुम्बकले जस्तै उनितिर तान्यने । विचरी राममायालाई थाहाथिएनकी स्वयं विपत्तीको भूमरीमाफस्दै छिन् भन्ने । उनी त यो सोचेर मरीच जस्तै चाम्रीएकीथिइन् कि उनीबाट धेरै ठुलो अपराधहुनगएको छ । उनले लुगालगाएर नुहाउनु पथ्र्यो ।
राममायाशंकरको सम्मुखपर्दा यस्तो लाग्दथ्यो, मानौ अपराधउनको शरीरको छ, नाङ्गो भएर । उनीशंकरको सम्मुखबाट आफ्नो अपराधी शरीरलाई हटाउन चाहन्थीन् । कुनै संवेदनशील समझदार युवकहुन्थ्यो भने राममायाको यस्तो भावनाले उसको हृदयको कोमलतार झंकृत पर्नेथियो, राममायालाई सम्मान गर्ने थियो ।
यस अबोध र नैतिक चेतनाबाट अभिभूतयुवतीप्रती प्रेमले छताछुल्ल भै पोखीने थियो, जो यती सानो कुरोमा अपराधबोधको भारले दावीएकी छ । तर शंकर अनेकौं वैध अवैध कमाईले भरखरै धनि बनेको प्रौढ ठेकेदार थियो, घरमा २ छोरी र १ छोरा भएको रसिकथियो, जो गुण्डागर्दी त गर्दैनथ्यो तर प्रत्येक वाक्यमाअश्लील अर्थ खोज्ने घटिया बुद्धि राख्दथ्यो । राममायाको लाजलाई उसले एउटा समर्पण ठान्यो र हर उपायले जस्तो सुकै चालचलेर, मूल्यचुकाएर भोग्न तयार भयो ।
यसै अवस्थामाएकदिनउसलाई पक्काविश्वास भयो कि प्रयत्न रामामायाले गर्दैछ, काम सम्बन्ध राख्न चाहन्छ भन्ने धारणा मनमाबनायो । अनीउसले प्रत्येक दिननाना किसिमबाट राममायालाई यो अनुभूति गराउने प्रयत्न गर्न थाल्यो, मानौ उ उनको सच्चा प्रेमी हो र उनको लागि छटपटाई रहेछ । राममायादशकक्षामा पढ्दथीन् ।
एक विहान स्कूलजादाबागमतीपूलपारी शंकरले एउटा चिठ्ठी जबरजस्तीउनको हातमा राखीदियो । राममायाको मनमाजुनपहिलेदेखि सर्वाङ्ग देखेको भन्ने अपराधबोध थियो, त्यसमा झन् चिठ्ठीदिदाहात समातेको अपराधबोध थपियो । यो अपराधबोध विषालु लहरा जस्तै उनको शरीरमा फैलियो र यसले केहीदिनमै एउटा विकृत आत्मीयताको रुप लिनपुग्यो । एउटा विकृत आत्मीयता राममायाको शंकरसंग बस्यो । उसको अशोभनीयहावभावमाउनलाई घृणा लाग्दथ्यो र साथै एउटा रहस्यमयआकर्षण पनिशंकरप्रती महसूस हुन्थ्यो ।
उ राममायाको जीवनको पहिलो पुरुषथियो, शायद यसैकारण आफ्नो विकृत हावभावहुँदाहुदै पनि राममायाको विशालअस्तित्वमा असाढको बादल बनेर छाउन सक्यो । विस्तारै विस्तारै जसरी जसरी यो बिषालु लहरा फैलियो, अपराधबोधको भावना हराउँदै गयो र त्यसको ठाउँ एउटा वास्तविक, मासूम, पवित्रप्यारले लियो । प्रायः यरेर शंकरले उनलाई आफ्नो वाइकमा राखेर स्कूलदेखि घरको नजीकपुगाइदिन्थ्यो । तर कहिल्यै जवरजस्ती गरेन ।
शंकरको कुरोको अश्लीलता राममायालाई पक्कै विझ्दथ्यो । उसले सामान्य कुरा पनिगथ्र्यो भने अथवाउसलाई घुथ्र्यो भने तब पनिउसलाई अश्लिलताको करेन्ट जस्तो लाग्दथ्यो, तर अब उनले यस अनुभूतिलाई आफ्नो मनको अपराध ठानेर धुजाधुजा परिदिन्थीन् । शंकरले जब पहिलो पटक उनलाई भ्यालीन्टाइन डेमा टुपिस सेट दियो त तब फेरी एक पटक राममायाको मुख रातो भयो र पैकेट लिदाउनलाई ग्लानी र पतनको अनुभूतीनभएको होइन ।
तर कुनै कारण थिएन, चलनथियो, सबै मानिस भ्यालीन्टाइन डेमाउपहार दिन्छन्÷लिन्छन् । टेलिभिजनमा हेरिकन, पत्रिकामा पढिकन यी कुराहरू उनका पीढीका लागि सभ्यताबनिसकेको छ, संस्कार बन्दैछ । एकदिनशंकरले सिनेमा हेर्ने प्रस्ताव राख्यो, स्कूलको समयमा ‘हरिऔनमा गै सिनेमा हेरौं’ सिनेमा हेरेको बारे कसैलाई पनिथाहाभएन । फर्कदा उनीहरूले नयाँ रोडमा चियानास्ता गरे ।
शंकरले उनको हातमाआफ्नो हात राख्यो र भन्यो, “हेर रममाया, मेरो माया राजेश हमालको भन्दाकम छैन । जसरी उ सारा संसारसँग लड्यो, त्यसै गरी मैले पनिश्रीमती र छोरा छोरीलाई छाडीदिन्छु ।” कुरा सुन्दा धेरै राम्रो लागेको थियो । उनको हृदयमापनिउमंगथियो र उनीपनिवास्तविककिशोर हृदयको त्यस निर्मल भावनाबाट प्रेरित थिइन्, जसले सगरमाथा जस्तो उँचो समाजीकपर्खाललाई कुहिएको बस्तु ठान्दछ, जुनवास्तविक प्रेमको आगोको अगाडी अंतत पग्लिन्छ नै ।
“यदितिमीले आफ्नी स्वास्नी र छोरा छोरीलाई छाड्न सकेनौं भने ?” उनले लजाएको स्वरमानजर झुकाएर भनीन् ।
“अरे किन छाड्दिन ।”
“तिमीविहागरेको पत्नी र आफ्नै छोरा छोरीलाई छोड्छौं ….. भोलीमलाई छाड्न के बोर, म तिमीसंग कुरा गर्दिन”उनी उठ्न खोजीन् ।
“अरे, नरिसाउ, तिमी मान्छौं भने तिनीहरू घरमै बसुन, तिमी मसंग बस्नु । तिमीनरिसाउन । अरे राम्री प्रेमीकाको लागि त म आफ्नो घाटी पनि कटाउन तयार छु ।”
राममायाहाँस्नथालीन् । उनलाई शंकरको कुरागराई राम्रो लाग्थ्यो । उनलाई उ सीधासादा तर पत्नी र घर–परिवारबाट मायानपाएको जस्तो लाग्थ्यो । तर उ स्वयं भने मायाको खानीभएको, जती बाडे पनिकमीनहुने झैं लागेको थियो । एकदिनशंकरले उनलाई एकदमकल्पनानै नगरेको कुरा भन्यो, “राममायाएकान्तमा बस्न मन लाग्यो । चुरेको रमचुहाँ डाडामा दिन भरी बसौं हुन्न र !”
“नाई, म जान्न ।”
“वाह । के कुरा गरेकी । माया गर्छौं भने त मायालुले भनेको ठाउँमा त जानु पर्छ नी ।”
“तर म कसरी जान सक्छु ?आमालाई के भन्ने ?”
“हेर, त्यसको व्यवस्था म मिलाउछु । तिमीकहिले काही छुट्टिको दिनबाख्रा चराउन साथीहरूसंग जंगलजाने गरेकी छौं, अब यो नसोध्नु कीमलाई कसरी थाहाभयो ….. साथीहरूलाई छक्याएर डाँडामाथी आउनु । कसैले सोधे भनिदिनु बाख्रा हराएर खोज्न जादा बाटो बिर्से ।”
“नाई., म झूठो बोल्न सक्दीन ।” यतीभनेर राममाया फरक्क फर्केर हेर्दै नहेरी गइन् ।
तुरुपले कामलागेन । शंकर त माझिएको खेलाडि न हो, चालचल्नमाहिर । उ एक १०÷१५ दिनसम्म राममायासंग भेट गर्दै गरेन । नकाटेको चुस्स दारीबढाएको शंकर एकदिन विद्यालयबाट आउदै गरेकी राममाया सामु देखाप¥यो । पुतलीबजारबाट केहीकिनेर डेरा जादैथ्यो । राममायालाई देख्ने वितिकै अर्को तिर हेर्न थाल्यो ।
उसको रौनकहीनउदास मुहार, झुस्स परेको दारी देखेर राममायाको हृदयमा चस्स घोच्यो । उनले ृसलाई बोलाएर भनीन्, “यो कस्तो रुप बनाएको तिमीले ?”
“केहीदिनपर्ख त्यसपछि सुन्नेछौं……… न त खान नै मन लाग्छ, न त पिउन नै” उसले झोलाबाट औषधीकाशीसीहरू झिकेर देखायो, “अब त यहीमात्र मेरो साथी बनेको छ, ….. औषधीखादै छु, मनको पिर भगाउँन, जेनतेन साँस चलेकै छ । धिक्कार छ मेरो जीवनलाई । मलाई के थाहाथियो र तिमीमलाई विच बाटोमा यसरी अलपत्रपारेर जानेछौं भन्ने ।”
“मैले तिमीलाई छाडेकी छैन !” राममायाले भनीन् ।
“त्यसो भएतिमीले किनमानिनौ मैले भनेको ठाउँमा जानलाई ? जब प्रेमको बाटोमा हिडेका छौं भने त साथ साथै पाइलानचालेर कीन पछाडी फर्किएकी?भन, मदनसँग के मुनाले भेट गर्दैन थी?मालतीमंगलेलाई भेट्न जादैन थिन् र ?कुनै त्यस्तो प्रेमीका देखाइ देउ जो आफ्नो प्रेमीसंग भेट्न जादैनथी ।”
“नाई, म आउन सक्दिन । म धोखादिन सक्दिनआमावुवालाई !” राममायाले दृढता साथभनतीन् ।
“अनिमलाई दिन सक्छौं, माया गर्ने प्रेमीलाई ?” ओठ लेवराउदै शंकरले भन्यो ।
“अहँ, तिमीलाई पनिदिन सक्दीन । तिमी त मेरो जीनदगीहौं”, राममायाको आँखाबाट मोतीकादानाजीतामासूम दुई थोपाआँशु चुसहयो । यो देखेर एक छिनको लागि बेइमानी नै बेइमानीले भरीएको शंकरलाई पनिआफ्नो नाटकमा ग्लानीभयो, तर वासनाको आगो ग्लानीभन्दाप्रवलथियो । जुनमदमस्तनग्न शरीर उसले देखेको थियो, त्यो यौवनहोइन, एउटा अनियन्त्रित यौवनोन्मादथियो । त्यो शरीरलाई भोग्न उसको रन्केको जीउ तड्पी रहेथ्यो ।
“त्यसो भएतिमीलाई यतीमात्र भरोसा छ आफ्नो प्रमीप्रती?त्यसोभएतिमीले मलाई जीवनभर साथ कसरी देउली?”
“घरमाआएर मेरो बुवासँग कुरा गर । म तिम्रो हुँ, तिम्रै रहने छु,” राममायाको निडर आँखा जब शंकरको वेइमानीआँखासंग जुध्यो त एकपटक त उसको हृदयको धडकन नै बनदभएको जस्तो लाग्यो ।
तर शंकर त घाट घाटको पानीपिएको खेलाडी थियो ?उसले अरूहरूलाई फकाउदाअपनाएको तरिका प्रयोग ग¥यो, “हेर राममाया, हामी सागपातखादैनौं । यदीमलाई दालभात जस्तै कसैको बाउँसँगउसको छोरी मागेर ल्याउनु नै पर्छ भने एउटी तिमीमात्रहोइन थुप्रै छन् । मलाई नयाँ पन चाहिएको छ । जबसम्म प्रेमीकाले शाहसपूर्वक कुनै कदमचाल्दिनभने उसको दिलबाट डर भाग्दैन र डरको कारण मेरी प्यारी राममाया, साचो मायाप्रिती बस्न सकदैन ।”
राममायालाई यस कुरामा केहीवास्तविकतारहेको जस्तो लाग्यो । प्यार त साहसको नै अर्को नामहो । प्यारमा त सब थोक लुटाउनु पर्छ । केही सोचेर भनीन्, “त्यसो हो भने तिमीले त्यहाँ लगेर मलाई केही त गर्दैनौं ?”
“ए ! के भनेकी? कुरा गर्नको लागि त मैले तिमीलाई एकान्तमाजाँउभनेको । ‘केही त गर्दैनौं ?’ यो के कुरा भयो । यसो त म पनि बुझ्दछु, जे तिमीले भन्नचाहेकी छ्यौं । तिम्रो इशारा म राम्ररी बुझ्दछु, तिमीले कुनै चिन्तानलेउ, त्यस कुरामा ।”
राममायाले एक सनिवार वाख्रा चराउनजाने वहानाबनाएर डराउदै डराउदै रामजुवाको डाडो उक्ली । बंकरले पुरा व्यवस्था गरेको थियो । डाडामाथी एउटा तन्नाओछ्याएर राममायाको वाटो हेरीरहेको थियो । आइपुगेकी राममायालाई शंकरले सेक्सी चुइङगमदिएर स्वागतग¥यो ।
यताउती कुरो गर्दै ब्लू एलवमहातमाथमाइदियो । सेक्सी चुइङ्गमको प्रभावले राममायाले नचाहदानचाहदै पनिकामूकफोटोलाई हेर्न थालीन् र उनको आँखामामादकता छाउन थाल्यो । उनको शरीर कामवासनाले काम्नथाल्यो । उनको मस्तिष्कले सम्पूर्ण शिक्षालाई बाहिर निकालेर उन्मादको ढोका खोलेर एउटा अज्ञात आनन्दको कल्पनामा रम्न थालीन् । शंकरले उनलाई आफ्नो काखमालियो । उनलाई आफ्नो कौमार्य जोगाउने कुरामा डर थियो । कौमार्य जोगाउने डर नयाँहोइन, धेरै पुरानो हो, प्रतयेक युवतीहरूमा यो डर होस सम्हालेदेखि नै बसेको हुन्छ । आफ्नो कौमार्य जोगाउनअवोध कन्याहरू प्रायः गरेर धेरैजसो समय आफ्नाआमावुवाका साथमा रहन चाहन्छन् । उनीहरू नजिकआफूलाई सुरीषत ठान्दछन् । तर जवान भएपछि यस्तो डर व्यक्तिगत हुन्छ, हुनपनि कौमार्य व्यक्तिले जोगाउने कुरा हो ।
प्रत्येक युवतीहरूमाउसको कौमार्य एकदिन लुटिने छ, यो डर जन्तर घाटीमा झुण्डीए जसरी मनमा बसेको हुन्छ । युवतीहरू पुरुषभन्दाभन्दा टाढा रहन चाहन्छन् शायदयुवा–युवतीहरू नजिकभएमाप्रकृतिको हेराइमाअक्षम्य अपराध ठहरिन सक्छ किनभने प्रकृति सृष्टि चाहन्छ । शंकरले उनको शरीरको एक एक वस्त्र खोल्दै कोमलअंगहरू चलाउनथाल्यो ।
मनभरी डर बोकेकी राममाया सामु आफू पनिनिवस्त्रभयो । शुरुमाझिनो विरोध जनाएपनि पछि त्यो खेलमा पूर्ण रुपले साथदिनथालीन् । जीवनमापहिलो पटक आनंदीत खेलको खेलाडी बन्दा कौमार्य लुटियो ।
कौमार्य लुटाए पछि राममायावास्तविक धरातलमाओर्लिइन् । शंकरले अर्को दिनउनलाई पाचसयदियो र भन्यो, “विरगंजगएर लेडिज डाक्डरसंग जचाउँनु ।”
ग्लानी र अपमानको रापले राममायाको कंसीरीको रौं समेत तात्यो । चतुर चलाखशंकरले कुरा बुझीहाल्यो । संझाउँदै भन्यो, “अनुभवको कमी छ राममायातिमीमा, यसैकारण तिमी रिसाएकीहौं । मैले संसार देखेको छु, व्यवहारिक मानिस हुँ । विवाह त हामी गर्नेनै छौं, म त यतीमात्र चाहन्छु विवाभन्दापहिले बच्चानहोस् ।”
राममायागइन् । समयमाहुनुपर्ने मासीक धर्म नभएपछि आफूमागर्भ रहेको थाहापाइन् । उनले शंकरलाई भनीन्, “हेर, म आफ्नो मायाको उपहार एभर्सन चाहन्न । तिमी छिट्टै मसंग विवाह गर ।”
शंकर हडबडायो । केहीदिन त बहानाबनाएर टा¥यो । केहीशिपनलाग्ने देखेपछि त्यस ठाउँबाट टाप ठोक्यो । चार महिना पछि एकदिन रामामायाकीआमाले थाहापाईन् र फकाएर, धम्काएर कुरो ओकलाई छाडीन् । त्यसपछिको दुई महिनामापनिजतीसुकै प्रयत्नगर्दा पनिशंकरको बार्मा केहीअतो पतो थाहापाउननसकेपछि छोरीको गर्भ दिनप्रतिदिन बढ्दै गरेको कारण उनमा डरको मात्रा बढ्दै गो ।
यतीञ्जेल लुकाएर राख्नुको आफ्नो विवशता रुदै उनले पतिलाई भनिन् । राममायाको बुवाशत्नविर स्वभावले अतीुिशीलथिए । अभाव र निर्दयीबावुको कठोर नियन्त्रणमा हुर्किएकाउनको वाल्यकाल डाँको छाडेर रोएर होइन भीत्रभीत्रै आँशु पीएर आफ्नो जीवनको दुःखवाल्यकालदेखी नै सहने बाटो पहिल्याएकाथिए । राममायालाई उनले तत्काल केहीभनेनन् । केहीदिन पछि एक विहानशन्तवीरले यतीमात्रभने, “हेर छोरी, एउटा इज्जतथियो अरु केहीथिएन तेरो गरी बावुसंग । यो गाउँकामानिसले अब तेरो बावुलार्ए शब्दप्रहार गरेर जिउँदै मारिदिनेछन् …… तैले यो कुरा सोचिनस् । तेरो बुवासंग पैसा भएको भए, तेरो यस अवस्थामापनितलाईं साथदिने थियो” यतीभनेर उनको चित्त बुझेन । जुनवातावरणमा उ रहन्थ्यो, त्यहाँ घर घरमै रक्सी वेच्नु र मौका परे देहव्यापार गर्नु सामान्य कुरा थियो । राममायाको जस्तो अवस्थाका केटीले त बाध्यतावश देह व्यापार अपनानै पथ्र्यो । दुःखगरेर भएपनित्यो वातावरणबाट छोरीलाई बचाएको थियो । अब त बाबुकै अगाडी रामामायाबाट देह व्यापार हुने कुराले उनको मुटु हल्लिनु स्वभाविकै हो । इज्जत लुटाएकी छोरीप्रतीगरिनु पर्ने आक्रोश शन्तवीरमाथिएन । धेरै सोचेर उनले यतीमात्रभन्न सके, “यो भन्दा त राम्रो त डुबेर मर्थिस् छोरी । तेरो कारणले हाम्रो कालो भएको मुहार गाउँलेहरूलाई देखाउँन पर्दैनथ्यो ।”
राममायाले स्वयं कुनै निकास पाउन सकेकीथिइन, शंकरले धोखा दिएपछि । वावुको यो शब्दले सोझो बाटो देखायो, वागमतीमाजलसमाधीलिने । उनले निश्चय गरीन् आजवाख्रा चराउनजादा फर्केर घर आउन्न । बाख्रालिएर पहिले त उनी सरासर रमचुहा डाँडा उक्लीन् जहाँउनको प्यारो अक्षत योनी क्षत भएको थियो ।
त्यसपछि तिन पटक पाइलाबजारीकनआफ्नो घृणा व्यक्त गर्न थुक्क थुकेर हिडीन् डाडैडाडा । भीमबाँधदेखी वर एउटा गहिरो रह बागमतीमा बनेको छ । सोही रहको भिरमा चढेर धेरैवेर टोलाइरहीन र अन्तमा झ्वाम्म हामफलेर जल समाधी लिइन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।