आलुको मुल्य : अरुणबहादुर खत्रीनदी ( लघुकथा)

आलुको मुल्य : अरुणबहादुर खत्रीनदी  ( लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,पुस २५।

साँझतिर म घर नजिकैको तरकारी बेच्ने पसलमाआलु किन्नपुगे । ‘आलु छैन साहुजी?’ मैले भने । ‘आलु बिहानआएको थियो आजदिउँसो नै सकियो’ साहुजीले भने । ‘कति रुपैँयाधार्नी थियो आजआलु साहुजी?’ मैले भने । ‘धार्नीको एकसयतिस रुपैँयाथियो ।’ साहुजीले जवाफदिए ।
‘अब भोलिबिहान म आलु ल्याउछु बिहानै लिनआउनुस् न’ साहुजीले फेरि भने । ‘हुन्छ साहुजी म भोलिबिहानलिन आउछु’ भनेर म घर फर्के । घर फर्कदै गर्दा अर्को तरकारी बेच्ने नयाँपसलमाआलु देखेर ‘आलु धार्नीको कति रुपैँया?’ भनेर मैले सोधे । ‘धार्नीको एकसय बिस रुपैँया’ साहुजीले भने ।
‘त्यसो भए एक ढक आलु लैजान्छु’ भनेर मैले आलु छानेर जोखेर एक ढकको दुईसय चालिस रुपैँयादिएर आलु यहाँपो एक धार्नीमा दस रुपैँया सस्तो रहेछ भन्दै आफ्नो घर गए ।
भोलिपल्ट बिहान म फेरि तरकारी बेच्ने पुरानो पसलमापुगेर साहुजीसँग ‘आलु ल्याउनु भयो त साहुजी’भनेर सोधे । ‘आलु ल्याएको छु आजआलुको धार्नीमापन्ध्र रुपैँया बढेर आएको छ एक धार्नीको एकसय पैतालिस रुपैँयापुगेको छ’ साहुजीले भने । ‘हिजो यहाँआलु मैले नपाएर अर्को तरकारी बेच्ने नयाँपसलमाएकसय बिस रुपैँयाधार्नीमापाएर एक ढक आलु किनेर लगे नि साहुजी’ मैले भने । ‘नयाँपसलभएर ग्राहकतान्नको लागि सस्तोमादिएको हुनुपर्छ’ साहुजीले भने ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।