राजा पृथ्वीनारायण शाह : कमला श्रेष्ठ (कविता )
कपन अनलाइन
काठमाडौं , पुस २१ ।
नेपालीवीर राजा पृथ्वी नारायण शाह ।
एकत्रित गरे यो नेपाल क्या राम्रो छ आहा ।
चार जात छत्तीस वर्ण भनेका थे उनले
सबलाई मोहित पारेका थे आफनो ठुलो गुनले ।।१।।
कसो गरी देश बढाउँ भन्ने उनको धोको
अनेक तर्क बितर्कको मनमा पारथे पोको ।
अक्कल बुद्धि धेरै थियो देश बढाउनि
गोरख राजको पाएकाथे धेरै आंशिक उनी ।।२।।
टुक्रिएको देश थियो राजाथिए धेरै ।
सबैसंग लड़ाई जितीभएउनीवीरै ।
टुक्रिएको राज्यलाई एक बनाई दिए ।
पुर्व पश्चिमउत्तर दक्षिण सारा फैलाई दिए ।।३।।
नेपालीको घरघरको उसलाई लेखाहुन्थ्यो ।
कोई नेपालीभोकै भएउनको मन रुन्थ्यो ।
उसलाई मायाथियो धेरै नेपाल यो देशको ।
शानमान बढ़ाउथे आफनै गाउ भेषको ।।४।।
टुक्रिएको नेपाललाई एकत्रित गरे ।
एक शुत्रमापार्न देश सदा लागि परे
स्वर्गे भएपनिउनि सदा जिबितभए
नेपालमात्र हैन उनिविश्वमै जगमगाए ।।५।।
यस्तो राजापाई प्रजा सारै खुशीथिए ।
नबिर्सने शहि छाप छोड़ी उनीगए ।
बार–बार प्रणाम गर्छु यस्ता हाम्रापुर्खा ।
राम्रो कामभई रहोस नहोस कोईलाई धोका ।।६।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक