चार मुक्तक : गंगा लिगल

चार मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर २३ ।

मानव अंग अंगमा रसिएको साहित्य
उज्वलताले परिपुणता पाएको आदित्य
यो त पीयूष हो युग युगमा पाइने
सदा पृथ्वीमा दर्शाईएको पाण्डित्य ।

देशको माटो अकबरी सुन हो
यो त सारै अजम्बरी सुन हो
यसलाई चाहिन्न कुनै कसी
यो त सुन्दर नम्बरी सुन हो ।

पवित्र प्रेम नै विश्वासमा अडेको हुन्छ
यो सबै ईश्वरीय आस्थामा गडेको हुन्छ
यसले बनाउछ मानव हृदय आल्हादित
तसर्थ स्नेह भाव यसैमा जडेको हुन्छ ।

सुख दुः खसँगै हिड्छ जीवनमा
हण्डर खादैसँगै बढ्छ जीवनमा
अनि त अनुभवले खारिन्छ मान्छे
यसरी प्रगति चढ्छ जीवनमा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।