टुक्का कविता : अरुणबहादुर खत्री नदी
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर २३ ।
कोरोना भाइरस आउने बाटो बार्नु
अनि सम्पूर्ण मानव जीवनलाई तार्नु ।
मान्छेको माया खोलाको पानी जस्तो
तिम्रो र मेरो सम्बन्ध खोइ कस्तो ।
धमिरो भयो यो सरकार
रातारात ओसार पसार ।
तिमी आउँछौ भनी कुरे
चौतारीमा निशाना पुरे ।
कलम पनि कोरोनाकै सन्त्रासमा छ
शान्ति न धर्तीमा छ न त आकाशमा छ ।
मेरो शरीरभरि दुख्ने घाउ छ
मेरो मनको कुरा थुत्ने दाउ छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।