मुक्तकहरु : दीपदर्शन पुरी
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर २३ ।
नयनभरि स्मृति उनेर बाँच्नुपर्छ
अधरभरि मुस्कान थुनेर बाँच्नुपर्छ
पीडाहरु सुमसुम्याई अश्रु साहारा बनाएर
दुःखको हारहरु बुनेर बाँच्नुपर्छ ।।
हिमाद्रीमा शिवकैलाश बुद्धको शान्ति
प्रकृतिको मनोरम इन्द्रधनु कान्ति
अनेकतामा एकताको सन्देश बोकेर
अन्त्य हुँदा मलामी जीउँदाको जन्ती ।।
प्रेम सदभाव् राखेर पुष्पझै फुलौ अब
एकता र मेलमिलाप जीवनमा घुलौ अब ।
सामाजिक भावना मानवता अङ्गालेर
आत्मीयता फैलाउँदै सबतिर डुलौ अब ।।
प्रकृतिका काखमा छ नेपाल यो ठाँउ
व्रिपरि शैलश्रेणी हराभरा गाउँ
कान्त शान्त उपवन कुञ्ज यो विहारी
हार बनाई गलाभरि लगाईरहन पाउँ ।।
मेरो दिलको वागभरि लालीगुराँस फुलाउछु
हरेक नसाभित्र नसाभित्र राष्ट्रियता घुलाछु
डाँफेमुनाल मयुरले गाउँने हाम्रै गीत गाईदिदा
हाम्रो तनमनभरि मानवता डुलाउछु ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।