राष्ट्रिय कवि : तारा के.सी.(लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १६।
अफिसबाट घर पस्नासाथ उनले भने; ‘सरिता ! आज मैले पुजालाई भेटे नी न्युरोडमा । उनी त पहिलाको भन्दा धेरै राम्रीपो भईछिन् ।’
उनले पुजाको बढि नै प्रशंसा गर्दै बोलेको सुनेर मलाई कताकता डर पनिलाग्यो अनि इर्श्या पनि ।
मैले ‘ए….हो र’ मात्र भने ।
राजीव, पुजा र म कलेजका साथी थियौँ । हाम्रो प्रेम हुदाँ भेट्ने वातावरण पुजाले नै बनाईदिन्थी । म कविता लेख्थे । कविता लेखेर मैले थुप्रै पुरस्कार जितेको थिएँ । गुरूहरूले भन्नुहुन्थ्यो; ‘तिम्ले साहित्यमा राम्रो नाम कमाउने छौँ । निरन्तरतादिनु ।’ पुजालाई कविता मन पर्दैन्थ्यो, कविता भन्ने बितिकै नाक खुम्च्याउथी । पछि मेरो राजीवसँग बिहे भयो । त्यसपछि मेरो लेखन कलामा ब्रेक लाग्यो । मैले कविता लेख्न छोडे । साहित्यिक गोष्ठी र पत्रपत्रिकामा कविता पठाउन छोडे । एक अर्थले म गुमनाम भएँ । पुराना कुरा सम्झदै खानाबनाउँदै थिएँ । राजिवले बोलाए; ‘सरिता !’
म उनि भएको कोठामा पुगे । उनि टेलिभिजन हेर्दै रहेछन् । मलाई देख्ने बितिकै उनले भने; ‘तिमीले कविता लेखेर के बन्न सक्यौ ? ऊ हेर त टेलिभिजनमा पुजाको अन्तर्वार्ता आको छ । उनी त राष्ट्रिय कवि भईछन् ।
पुजाले एकदिन फोनमा भनेको कुरा झट्ट सम्झे मैले; ‘बुढोसँग पारपाचुके भएपछि म पनि कविता लेख्न थालेको छु नी !’
सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।