धुमधामको घुमघाम : सूर्याशुं घिमिरे (पुस्तक समिक्षा)
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ९।
धुमधामको घुमघाम किताब ब्मखभलतगचभक या ल्भउबष् िँयचन शीर्षकको अङ्ग्रेजीमूलको यो पुस्तक नेपालीबाहेक अन्य थुप्रै भाषामासमेत अनुवाद गरिएको छ । कनकमणी दिक्षितद्वारा लिखित कथालाई बसन्त थापा र विप्लप प्रतिकले नेपाली भाषमा अनुवाद गरेका हुन् । उक्त कृतिलाई रातो बङ्गला किताब पाटनढोका, ललितपुरले प्रकाशन गरेको हो । यसमा कथामा चित्र भर्ने काम सुभाष राईले गरेका हुन् । भक्तप्रसाद एउटा काल्पनिक चरित्र भए पनि उसले घुमफिर गरेका ठाउँहरुले नेपालका पर्यटकीय स्थलहरुको वर्णन गरेका छन् । विशेष गरी बालबालिकाका लागि लेखिएको यो उत्कृष्ट कृति हो । यस पुस्तकमा काठमाडौँका आकर्षक, भरिया र आँप, तराईतिर, चितवनको जङ्गल, नदी र पर्वतहरु, कैलीसँगको यात्रा, आकाशमा उड्दा र फेरि काठमाडौँ जस्ता गरी २३ ओटा उपशीर्षकका कथाहरु समेटिएका छन् । यसमा १०१ पाना छन् । यो किताब एउटा भ्यागुताले आफ्नै यात्राबारे आफैँ वर्णन गरेको यात्रा वर्णन हो । यस किताबको परिवेश नेपालको हिमाली , पहाडी र तराई क्षेत्र हो । यस पुस्तकमा भक्तप्रसाद नाम गरेको भ्यागुतोले नेपाल यात्राको वर्णन गरिएको छ ।
इचङ्गुको डाँडामा भ्यागुताहरुको समूह बसोबास गर्थे । काठमाडौँको इचंगु डाँडामा हुर्केका भ्यागुताहरुलाई बाहिर के हुन्छ ? भनी थाहा हुँदैनथ्यो । एकदिन एउटा भ्यागुतो भक्तप्रसादले नेपाल घुम्ने निस्चय ग¥यो उसको कुरा सुनेर बाँकी भ्यागुताहरु चकित भए । उसका परिवारका अन्य सदस्य भ्यागुताहरुले उसलाई बाहिरा नजानु भने । उसका हजुरबुबा पनि एक महान् भ्यागुता थिए । उनलाई सबैले मान्थे । उनले आफ्ना नातिलाई जाउ बाबु भने । पहिले ऊ भरियाको भारमा बस्यो र काठमाडौँ घुम्यो। काठमाडौँ घुमेर भ्याएपछि ऊ चितवन पुग्यो । ऊ चितवनको जङ्गल घुम्यो। चितवन घुमेर भ्याएपछि फूलमायाको ट्रकमा पोखरा गयो । ऊ पोखराको फेवाताल पनि घुम्यो । उसले त्यसपछि माछापुच्छ्रे हेर्नका लागि घान्द्रुक जाने विचार ग¥यो । घान्द्रुक जानका लागि यो एउटा खच्चडको सहयोग लिन्छ । माछापुच्छ्रे घुमेर भ्यायो । पछि उसले अब कहाँ घुमुम भनेर सोच्छ । त्यसपछि उसले मुक्तिनाथ जाने विचार ग¥यो मुक्तिनाथ निकै नै चिसो रहेको उसले थाहा पायो । मुक्तिनाथ पछि मुक्तिनाथ कै माथिल्तिर पर्ने मुस्ताङ जिल्लाको लो–मान्थाङ गाउँ जाने विचार भक्तप्रसादले गर्यो । लोमान्थाङ पुगेपछि उसले एउटा साथी पनि बनायो । लोमान्थाङ घुमेपछि ऊ शे गुम्बा पनि गयो । त्यहाँ उसले धेरै ज्ञान आर्जन ग¥यो त्यसपछि उसले काठमाडौँ फर्कने विचार ग¥यो । काठमाडौँ फर्कदा उसले प्लेन चढ्ने विचार गर्यो तर प्लेनमा भ्यागुतालाई आउन मनाइ थियो । त्यसैले ऊ पाइलटको पकेटमा बसेर काठमाडौँ फर्कियो । ऊ आफ्नो गाउँ इचङ्गु डााँडामा गयो र आनन्दले सुत्यो ।
यो किताब निकै रोचक छ । मैले यो किताबबाट थुप्रै कुराहरु सिकेँ । पहिलो कुरो हामीले आफ्नो यात्रामा आउन बाधाहरुलाई यात्राकै पाटो मानेर हिंड्नुपर्छ साथै हामीले हाम्रो यात्रा जस्तो भएपनि रमाउनुपर्छ । तेस्रो कुरा हामीले यात्रा रमाइलो वा घुम्न मात्र नभएर नयाँ अनुभव पाउनका लागि पनि गर्छौ । आफ्नो यात्रालाई रमणाीय बनाउनका लागि पनि हामीले यात्रामा आउने बाधालाई सिकाइको स्पमा
लिनुपर्छ । यो किताब मैले अहिलेसम्म पढेका किताबहरूमा उत्कृष्ट स्थानमा पर्दछ । मलाई यो किताब साह्रै मन प¥यो । यो भ्यागुताको बारेमा लेखिएको किताब हो । यसमा भ्यागुताका माध्यमबाट नेपालको भौगोलिक अवस्था र रमणीय स्थलको बारेमा रमाइलो तरिकाले वर्णन गरिएको छ । यसैले भ्यागुता नै यस कथाका लागि सुहाउँदो पात्र बनेको छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।