गजल : विसुकुमार केसी
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ९।
आफ्नो गति बढाएनौ भने तिमी गतिलो हुँदैनौ ।
मेरो बाटो छेकेर मात्रै त तिमी पहिलो हुँदैनौ ।
आफैलाई धार लाउनु आफैलाई तिखार्नु पर्छ ।
अरुको चुक्ली लगाएर मात्र त तिमी धारिलो हुँदैनौ ।
जराले भेटने गरि मल, माटोमा पो हाल्नु पर्दछ
टाउकामा मल हाल्छौ भने तिमी मलिलो हँुदैनौ ।
आफै बल्नु पर्छ आफैभित्र ज्योती जगाउनु पर्दछ
खाली घाम तापेर बस्दैमा तिमी तेजिलो हुँदैनौ ।
कठिन हुन्छ जिन्दगी जटिल हुन्छ्न सम्बन्धहरु,
जबसम्म तिमी अरुलाई पनि सजिलो हुँदैनौ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।