आन्तरिक पर्यटन प्रवर्धन र सम्बन्ध विस्तारमा बुढानिलकण्ठ……….

आन्तरिक पर्यटन प्रवर्धन र सम्बन्ध विस्तारमा बुढानिलकण्ठ……….

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ४।

बुढानिलकण्ठ नगरपालिका र नेपालका विभिन्न स्थनीय तह संग सम्बन्ध विस्तार र पर्यटन प्रवर्धनको अभियान शुरु गरिएको छ। देशका विभिन्न तहमा रहेका पर्यटकीय क्षेत्रको प्रवर्धन र स्थानीय तह संग सम्बन्ध विस्तारका लागि पहलको शुरुवात गरिएको हो।

यसै क्रममा बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि,शिक्षा क्षेत्रका प्रतिनिधिहरु र संचारकर्मी सहितको टोलीले रामेछाप जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खाडादेवी मन्दिर र शैलुङ क्षेत्रको भ्रमण गरेको छ।

खाडादेवी गाउँपालिकाका जनप्रतिनिधि संग सम्बन्ध विस्तार र पर्यटकीय भ्रमण आदानप्रदानका वारेमा छलफल गरेको सो टोलीले मन्दिर व्यवस्थापन समितीका अध्यक्ष शेर बहादुर तामाङ संग अन्तरक्रिया पनि गरेको थियो।

काठमाण्डौबाट शहज रुपमा पुग्न सकिने पौराणिक महत्व बोकेको खाडादेवी मन्दिरको प्रवर्धनका र गाउँपालिका संग सम्बन्ध विस्तारका लागि पहिलो चरणको अभियान संचालन गरेको अवलोकन भ्रमणको सहजीकरण गरेका नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोलले जानकारी दिएका छन।

आगामी दिनमा अन्य स्थानीय तह र धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नका लागि अभियानलाई निरन्तरता दिने बताउदै डंगोलले रामेछाप जिल्लाका अन्य स्थानीय तहहरुलाई पनि सम्बन्ध विस्तार र सहकार्यका लागि सम्पर्क गरिएको र चाडै मन्थली नगरपालिकाको भ्रमण गर्ने जानकरी दिए।

बुढानिलकण्ठ नगरपालिकाका धार्मिक र पर्यटकीय क्षेत्रको भ्रमणका लागि सम्पूर्ण रामेछापवासिलाई अनुरोध गर्दै उनले नगरपालिकाका महिला जनप्रतिनिधि र महिला अधिकार अभियानका अगुवाहरु सहित अर्को स्थानीय तहको भ्रमणको तयारी पनि रहेको बताएका छन।

दुई दिन एक रातको पहिलो चरणको प्रवर्धन अभियानमा बुढानिलकण्ठको टोलीले सिन्धुलीको मुलकोट, खाडादेवी गाउँपालिका भवन, खाडादेवी मन्दिर ,गाल्पा भन्ज्याङ,दोरम्बा,शैलुङ क्षेत्र हुदै मुडे क्षेत्रको भ्रमण गरेको थियो।

पहिलो चरणको सम्बन्ध विस्तार र पर्यटन प्रवर्धन अभियानमा अध्यक्ष डंगोल , बुढानिलकण्ठ नगरपालिका वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ , वडा नं ८ का अध्यक्ष सुमन तामाङ ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा नं १२ का अध्यक्ष तथा नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका उपाध्यक्ष शम्भु प्रसाद भट्टराई,प्याव्सन बुढानिलकण्ठ अध्यक्ष तथा नगर शिक्षा समिती सदस्य राधेश्याम श्रेष्ठ, नेकपा एमाले बुढानिलकण्ठ -११ का अध्यक्ष कृष्ण भट्टराई ,वडा नं १२ कमिटीका अध्यक्ष शंकर प्रसाद भट्टराई,नगरपालिकाका शिक्षक नेता जय कुमार श्रेष्ठ सहित संचारकर्मीहरुको सहभागिता रहेको थियो।

 

 

 

तपाइँको प्रतिक्रिया ।