तिहार : सुमित्रा श्रेष्ठ (कविता )

तिहार : सुमित्रा श्रेष्ठ (कविता )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २५।

फुल  र माला दियो र बत्ती ।
आयो है तिहार रमाइलो कति ?
काग र कुकुर गाई गोरु पुज्ने ।
आत्मा नि पुज्छन भावना बुझ्ने ।

दिदीको अघि बाचामा हारे ।
यमराजलाई नि बन्धनमा पारे ।
धनकी देवी लक्ष्मी माता ।
भैलिले गाए बलिका गाथा ।

सप्तरङी टीका मखमली माला ।
तेलको मन्डप सुकि न जाला ।
दःुख र बाधा फोरि ओखरमा ।
दिदीबहिनी गर्छन् दीर्घायुको कामना ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।