चम्पादेवी गाउँपालिकाले कार्यालयमा भएको कार्यक्रमको भत्ता दियो,फिर्ता गर्न महालेखाको निर्देशन
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १४।
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाले नियम विपरित कार्यालय भवनमा भएको कार्यक्रममा सहभागीहरुलाई भत्ता बाढेको भेटिए पछि महालेखा परीक्षकको कार्यालयले सो भत्ता फिर्ता गर्न निर्देशन दिएको छ।
महालेखा परीक्षकको कार्यालयका अनुसार २०७८ पुस ९ र १० गते भएको LIMA अनुसिक्षण कार्यक्रममा वितरण गरिएको ४२ हजार ३ सय ३० रुपैया सार्वजनिक खर्चको मापदण्ड ,कार्यविधि र मितव्ययिता निर्देशिका सम्बन्धि निर्देशिका २०७७ को बुँदा ८ को मापदण्ड अनुसार नमिल्ने भन्दै फिर्ता गर्न निर्देशन गरिएको छ ।
महालेखा परीक्षकको कार्यालयले पालिकामा भएको कार्यक्रममा सहभागी कर्मचारीहरुलाई भत्ता वितरण गर्न नमिल्ने भएकोले सो निम्न रकम फिर्ता गर्न निर्देशन दिएको छ ।
तपाइँको प्रतिक्रिया ।