दशैंको यादमा : राम आचार्य ‘पुष्पप्रेमी’ (कविता )

दशैंको यादमा : राम आचार्य ‘पुष्पप्रेमी’ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ७ ।
जब शरद ऋतुले
भदौरे मनसुनीझरीमा
निथ्रुक्कभिज्दै
धुमिल वादलुको घुम्दो खोलेर
धर्तिमा डुल्न निस्किन्छ,
तब मलाई
दशैंको याद आउँन थाल्छ ।
जब सयपत्रीका
कोपिलाहरूको
सुगन्ध बोकेर बहने
तरुण बतासले
मेरो घरको
मूल ढोकाबाट
भित्री कोठा चोटा चहार्दै
सुमुसुमु संघारको
द्यौतीपुज्ने कोठासम्म पुगेर
धान, मकै र जौको
बियाँहरू छोडाउँदै
जमरा राख्नलाई
टपराभरी माटो भर्न थाल्छ
तब मेरा खुशीहरू उमङ्ग बनेर
सडकभरि डुल्न थाल्छन ।

वर्षेझरीले रुझेका
तीखोलानालाहरू
सुख्खा बालुवाको बर्काे ओढेर
न्यानो घाम ताप्न थाल्छन्
अनि
लेकबाट बहने
बैशालु सिरेटोहरू
हरियालीका
तरुनी डालीहरूमा
लुकामारी खेल्दै
मेरो घर अगाडीको चौतारीमा
आएर सुष्ताउन थाल्छन् ।

मालसिरी धुनको
कर्णप्रियआवाज
मेरो आँगनको डिलसम्म
आएर दशैंको अनुपस्थिति
निहाल्न थाल्छन्
अनिमलाई
नौरथाको तन्देरी हाँसोले
मेरो मनकागालामा
चुम्न थाल्छ र
कसिलो अँगालोमा बेर्छ,
मेरा करेसाबारीमालत्रिएका
फूलकाबोटहरूले
मुन्टो उठाएर
मेरै अनुहारतिर हेरेको
अनुभूतिहुन थाल्छ ।

जब शरदको
लजालु हातले
मुटुको कुनामा
दशैंनाम लेखिदिन्छ,
उसको कोमल स्पर्शले
मेरो उमङ्गका आङभरी
काउकुती लाउँछ ।
तब मेरा खुशीहरू
बिहानीको पारीजातझैं
सुवासिला बनेर
छरिन पुग्छन ।

मेरै लागि खुशीका कोशेली
लिएर आएका
ती बान्की परेका मधुर खित्काहरू
दशैको अभावमा रुमलिएका
गाउँबस्तितिर घुम्न थाल्छ
अनिगरिबी र भोकको कापबाट
च्याउन थाल्छ
अभावका रुन्चेहाँसोहरू
द्यौरालीको रोटेपिङ
र लिङ्गेपिङ छेउमा
शुशेलीहान्दै
रमाउँदै गरेका
खुशी हेरेर
टोलाई रहन्छन ।

पिङको सर्काेसँगै रमाएका
कु..लु…लु का ध्वानीप्रतिध्वनीहरू
आशीर्वाद लिन
लालयितथुप्रै मनहरू
बिषमताको
ज्वालाले पिल्सिएका
आशाकाचिसातप्केनीहरू
भोकले तड्पिएर
नयनका डिलबाट
झर्दै गरेका
आँसुका थोपाहरू पनि
भदौरे घामको राफसँगै
वास्पिकरण भएर
वादलभन्दामाथिमाथि
आकाशमा उड्न थाल्छन् ,
शारदीको मलिन
परिवेशमा
मनको पोखरीमा
पौडिदै गरेका
कलिलो रबिकिरण
मेरो घरको
छानामाथि आएर
न्यानो ताप्न थाल्छ ।

जब सडक छेउमा
ठिङ्ग उभिएको
वर–पिपलले
आशाका सुस्केरा हाल्दै
मलाई सोधिरहन्छ,
दशैं संस्कृति पुस्तौंदेखि
मन मुटुमा हुर्किएका
यादहरू
पनिबौरिदै मर्दै गर्छन्
तर
नव रात्रका सम्झनाहरू
मेरो मनको घरमा
सुटुक्क आएर पस्छन र
मस्तिष्कलाई ब्युँझाउँछन् ।
तीनै यादहरूले
गला छुन्छ
ओठ चुम्छ
आँसु पुस्छ
अनुहारका रेखाहरूमा
हराएकाकान्तिखोज्छ
अनि
सुटुक्क निस्किएर जान्छ
कोजाग्रत पूर्णिमाको
शंखनादगर्दै
संस्कृतिको अविस्मरणीय
बिम्ब छाडेर ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।