चार मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,असोज २७।
सगरमाथा सुबास हो हामी नेपालीको
यो महान लिवास हो हामी नेपालीको
यसको शिर सदा उठाऔ भरोसा दिएर
यो त ठूलो भरोस हो हामी नेपालीको ।
नेपालीको अमूल्य जीवन गाथा
शिखर नै छ बहुमुल्य जीवन गाथा
सदा बचाऔ है यो महानतालाई
यही नै हो न महामूल्य जीवन गाथा ।
सौन्दर्य अत्यन्त क्षणिक हुन्छ संसारमा
यसको राग अत्यन्त मार्मिक हुन्छ संसारमा
अनि ख्याती पाइन्छ मूल्य र मान्यताबाट
यसैबाट यहाँ कीर्तिरहन्छ संसारमा ।
नेपाली सुरम्य धर्तीको आगनमा
सहिष्णुता जगाआंै विश्वको प्राङ्गणमा
नेपाली गरिमा सम्बर्धन गरौ हामी
पशुपतिले रक्षित देशको पावनमा ।
सहकार्य : कपन बानेश्वर साहित्यीक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।