खोला पिडित स्थानीयहरुले भोलि १० बजे काठमाण्डौ महानगरपालिका विरुद्ध प्रदर्शन गर्ने
कपन अनलाइन
काठमाण्डौ ,असोज १४ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १०,१२ र काठमाण्डौ महानगरपालिका वडा नं ६ का खोला पिडित स्थानीयहरुले भोलि महानगर विरुद्ध प्रदर्शन गर्ने भएका छन।
असोज १५ गते बिहान १० बजे मिलन चोक र साततले क्षेत्रमा काठमाण्डौ महानगरपालिकाले खोला खोले संगै विविध समस्याहरु संग जुध्न बाध्य बनेका खोला पिडितहरुले प्रदर्शन गर्ने तयारी गरेका हुन्।
खोला खोलेको दुई महिना वितिसक्दा पनि हाल सम्म कुनै पनि काम नगर्दा स्थानीय नागरिक दुर्गन्धले झाडा पखाला, ज्वरो, डेङ्गु जस्ता रोगबाट आक्रान्त हुनु परेको भन्दै बुढानिलकण्ठले असोज १५ गते बिहान १० बजे खोला क्षेत्रमा विरोध प्रदर्शनको तयारी गरेका स्थानीयहरुको माग र प्रदर्शनप्रति बुढानिलकण्ठ नगरपालिकाले पनि ऐकेवदत्ता ब्यक्त गरेको छ।
काठमाण्डौ महानगरले खोला खोल्ने समयमा प्रतिवदत्ता गरेको पुल निर्माण र अन्य संरचना निर्माणमा ढिलाई भएको समयमा खुल्ला खोलामा ढल र पानी बग्दा स्थानीय नागरिक दुर्गन्धले झाडा पखाला, ज्वरो, डेङ्गु जस्ता रोगबाट आक्रान्त बनेपछि प्रदर्शनको तयारी गरिएको पिडित स्थानीयले जानकारी दिएका छन।