गजल : एस. विवश
कपन अनलाइन
काठमाण्डौ ,असोज १३ ।
बोका बङगुरको तौलि पैसामा बिक्छ जिन्दगी
बिक्दैन किन्तु मान्छेको सिनो भै सड्छ जीन्दगी ।
खै कसरी भो मानिसको जीबन युगसम्म अजम्बरी
हिड्दा हिड्दै लडेर मर्छन मानिसको जीन्दगी ।
बाँच्दा पनि सुख नमिल्ने यो कस्तो जीन्दगी
हाँस्न पनि साथी नमिल्ने यो एक्लो जीन्दगी ।
खै कसरी लुकाउ मनका व्यथा लुकाउन सकिन्न
भौतारिएरै बिते गल्लीहरुमा बिबस यो जीन्दगी ।
सुख खोज्दै सागर तर्दा किनार हराएको भो जीन्दगी
माया पाउने आसामा आँशुको तलाउ भो जीन्दगी ।
खै कहा भेटेलान सुखको बाटो बाचुन्जेल सकिन्न
हुदैन कोहि अजम्बरी यहाँ मानिसको जीन्दगी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।