वर्षा : कल्पना अधिकारी भट्टराई (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असोज १३ ।
ग्रीष्म याममा
शुष्क थियो धरती
डढी घाममा ।।१।।
वर्षा लागेर
पानी पाए प्रणीले
आए जागेर ।।२।।
कालो भएर
आकाशमा बादल
मडारिँएर ।।३।।
पानी दरर
किसानका दिलमा
भयो हरर ।।४।।
आशा जगायो
चराचर प्राणीको
पिर भगायो ।।५।।
हेरौँ आकृति
रमणीय देखियो
हाम्रो प्रकृति ।।६।।
लाग्छ अद्भुत
प्रकृतिले बजायो
मीठो सङ्गीत ।।७।।
पानी परेको
धरतीले पीयूष
प्राप्त गरेको ।।८।।
झर्ना झरर
मडारियो बादल
पानी दरर ।।९।।
वर्षा छ भारी
धूलो मैलो पृथ्वीको
लान्छ बडारी ।।१०।।
मूल पलायो
किसानमा वर्षाले
हर्ष बढायो ।।११।।
वर्षा आएर
बालिनाली सप्रिए
पानी पाएर ।।१२।।
मन मगन
धरती र व्योमको
हेरी मिलन ।।१३।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।