बागमती प्रदेश अधिवेसन : काठमाण्डौ क्षेत्र नं ४ का ९ उम्मेदवार,भूगोलमा सहमतीको संभावना

बागमती प्रदेश अधिवेसन : काठमाण्डौ क्षेत्र नं ४ का ९ उम्मेदवार,भूगोलमा सहमतीको संभावना

कपन अनलाइन

काठमाडौँ, आश्विन १०।

नेकपा (एमाले ) बागमती प्रदेशको प्रथम अधिवेसनमा काठमाण्डौ क्षेत्र नं ४ का नौ जनाले उम्मेद्वारी दर्ता गराएका छन।

भोलि असोज ११ गते हुने मतदानमा काठमाण्डौ क्षेत्र नं ४ मा भूगोलबाट ५ जनाले उम्मेद्वारी दिएका छन भने काठमाण्डौ जिल्ला अन्तर्गतको खुल्ला सदस्य पदमा २ जना र प्रदेश तर्फको खुल्ला सदस्य पदमा २ जनाले उम्मेद्वारी दर्ता गराएका छन।

को को छन उम्मेदवारहरु ?  

भूगोलमा
१. उद्दव खरेल
२. शिव भट्टराई
३. लक्ष्मी सङ्रौला
४. रमा राई
५. सरस्वती कार्कि
काठमाडौं खुल्ला
१. मिठाराम अधिकारी
२. जयराम थापा
प्रदेश खुल्ला
१. केदारराज पुडासैनी
२. मुरारी भन्डारी
काठमाण्डौ क्षेत्र नं ४ को भूगोलका लागि दुइ पुरुष र एक महिला निर्वाचित हुने व्यवस्था रहेकोमा ५ जनाले उम्मेद्वारी दर्ता गरेका छन। कपन अनलाइन संगको कुराकानीमा  यस क्षेत्रको सदस्यमा उम्मेद्वारी दिएका लक्ष्मी संग्रौलाले सहमतिको बाधक नबन्ने संकेत गरेका छन। उनले उम्मेद्वारी छोडेमा काठमाण्डौ क्षेत्र नं ४ मा दुई पुरुष उम्मेदवार सर्वसम्मत हुनेछन।
काठमाण्डौ क्षेत्र नं ४ को भूगोलबाट उद्दव खरेल र शिव भट्टराई सदस्य बन्ने सम्भावना बढेको जिल्ला कमिटीका  एक सदस्यले जानकारी दिएका छन ।
तपाइँको प्रतिक्रिया ।