बागमती प्रदेश अधिवेसन : खुल्ला सदस्यमा उपेन्द्र पौडेलको उम्मेद्वारी
कपन अनलाइन
काठमाडौँ, आश्विन ११।
नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेसनमा नेता उपेन्द्र पौडेलले खुल्ला सदस्य पदमा उम्मेद्वारी दिएका छन।
२०४६जन्आन्दोलन बाट राजनीतिक शुरू गरेका पौडेलले पशुपति बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटीको अध्यक्ष ,जिल्ला कमिटी सदस्य र अध्यक्ष हुदै अनेरास्ववियुको केन्द्रीय सदस्य र कोषाध्यक्षको जिम्मेवारी बहन गरेका थिए।
२०५१ सालमा फ्याक्सन कमिटीको सचिव हुदै क्षेत्रीय सदस्य तथा विशेष जिल्ला कमिटी सदस्य बनेका पौडेलले नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवका रुपमा पनि काम गरिसकेका छन।
२०६२/६३ को जन आन्दोलनमा घाइते बनेका उनि हाल नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा प्रतिनिधि व्यवस्थापन कमिटिका सदस्य रहेका थिए ।
तपाइँको प्रतिक्रिया ।