विश्वास : जीवन पिया (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असोज ६।
इतिसाको बिहे एक गरिब परिवारमा भएको थियो । उनका सबै साथीहरू धनीथिए । हिँडदा, डुुल्दा उनको खर्च पनि साथीहरूले बेहोर्ने गर्थे ।
एउटी साथीले भनी, ‘इतिसा, तँपनि एउटा घर बना न ! हामी साथीहरू सहयोग गरिहाल्छौ नि !’
उनी चूप लागेर बसिन् । उनलाई साथीहरू समक्ष घरको सबै कथा व्यथा पोख्न मन लागेन ।
इतिसा जागिरे थिई तर सासू बिरामी भएकोले कमाएको पैसा सबै घरमाखर्च हुन्थ्यो । सासू बुहारीलाई पुग न पुगहुने खर्च ऊ साथीहरूसँग रेस्टुरेन्टमा उडाउन सक्तिनथी ।
एकदिन साथिहरूले रेस्टुरेन्टमा बोलाए । ऊ गई तर खर्च बेहोर्न नसक्ने अवस्थाबताई । साथीहरूले भने, ‘हामी छौँ नि ! तलाई केही समस्या पर्यो भने हामीलाई भन्नु है ! हामी सहयोग गर्नेछौँ नि !’
साथीहरूको आश्वासन पाएपछि उसले एउटा सानो कटेरो बनाउने विचार गरी । भएको गहनाबेचेर काम सुरू गरी । गर्दागर्दै लगभग ५० ।– हजार अपुगभयो । उसले उनै साथीहरूलाई गुहारी । साथीहरूले एक मुखलागेर भने, ‘त्यत्रो पैसा त हामी कहाँबाट ल्याउने ?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।