मेरा बा : अविचल आस्था मणि (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असोज ६।
मेरा बा अति मान्यगन्य सुकिला साहित्यका श्रृङ्खला
जो निर्माण कला प्रशिक्षित भए आनन्द थप्दै भला
गर्ने वाचनकाव्य पूर्ण तरिका सौविध्य आवाजमा
सुन्दा छाल निनादकल्कल थियो संक्षेप आवादमा ।
मेरा बाशु भन्याययुक्त विधिमा संस्कार सेवारत
निष्ठा मार्मिक कर्मकाण्ड निधिमा निषणात पारङ्गत
सेवाकर्मठ शक्तिमानगरिमाआनन्दको सञ्चय
रच्ने कीर्तन काव्य पाठ मलिलो बन्दै थियो चीन्मय ।
मेरा बा गुरु जो समस्तजनले मान्थे कुराका चुरा
मथ्ने निर्णय त्यो दिने सहजमा, चढ्ने स्वयं टाकुरा
हक्की आदतन्यायको चकचकी, दब्दै नदब्ने प्रण
मान्थे मानिसले झुकी चरणमा औचित्यका कारण ।
मेरा बा मणि रुद्र पूर्ण प्रतिभा सत्कार गर्ने क्रम
नाना यज्ञ भए सुधार सहसा, तोडेर सारा भ्रम
एकोहम् निज चित्तसाथ सुकिलो यात्रा अविच्छिन्नको
राख्ने बाकस प्रेरणा शुभथियो सम्भावनाभिन्नपो ।
बाको आसिक पूर्ण पार्न मनले सङ्कल्पगर्दै छ यो
सेवाकाशुभ संहिता किरणले आवृत्त भर्दै छ यो
बाबाको उपदेश सार्थक बुझीचल्दै छ यात्रानयाँ
मिल्दै गर्दछ तालमेल गहिरो विस्तारको योजना ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक