लालपूर्जा : कविता दाहाल (लघुकथा)

लालपूर्जा : कविता दाहाल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १६।

गाउँमा लोकनाथको दम्पत्तिलाई सबैले अशल छोरा बुहारीको संज्ञा दिन्थे । लोकनाथकी दुलही अ रुका अगाडि सासूलाई निक्कै मान सम्मान गर्थिन् ।
उनी बेला बेलामा सोसल मिडियामा सासूसँग आफ्ना तस्वीरहरु राखेर आफ्नो व्यवहार आफन्तलाई पनि देखाउने गर्थिन् । लोकनाथकी एकल आमाले पनि कहिले छोरा बुहारीको नराम्रो कुरा र्गिदन थिइन् ।
त्यही भएर उनीहरूले अनिल्लो बर्ष अशल छोराबुहारीको सम्मान पनि पाएका थिए ।एकदिन लोकनाथ आमा सहित शहर बसाईं सर्दैछन् भन्ने सुनेर मुखियाबा भेट्न पुगे । नभन्दैउनीहरू एउटा गाडीमा सामान हाल्दै थिए । त्यही बेला गाडीबाट एउटा झोला फुत्त फाल्दै बुहारीले भनिन्“ नयाँघरमा अब यो सुहाउँदैन ।“ लोकनाथकी आमाले झोला टिपेर मुसुक्क हाँस्तै भनिन्,”घरको लालपूर्जि त यस्मै छन् बुहारी ! ”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।