नेसनल प्याव्सन काठमाण्डौको सह कोषाध्यक्षमा मोहन अधिकारीको उम्मेद्वारी घोषणा
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १६।
निजि विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सन काठमाडौं जिल्लाको अधिवेशन भाद्र २७ गते सम्पन्न हुने भएको छ । अधिवेशन नजिकिदै गर्दा जिल्लाको नेतृत्व गर्न चाहने पदाधिकारीको आकांक्षीहरु पनि देखिन थालेका छन ।
विपुल शिक्षा निकेतनका प्रिन्सिपल तथा भेनस नेश्नल कलेज र भेनस पब्लिक स्कुलका निर्देशक मोहन अधिकारी पनि सह कोषाध्यक्ष पदको उम्मेदवारी घोषणा गरि प्रचार प्रसारका कार्यक्रमहरुलाई तिव्रता दिएका छ्न ।
हाल नेशनल प्याब्सन गोकर्णेश्वोर नगर कमिटिको एक सफल कार्यकाल बिताई सक्रिय रुपमा निजि विद्यालयहरुको हक र हितका लागि काम गरिसकेका अधिकारी सालिन, कुशल र दक्ष लिडरको रूपमा स्थापित रहेका छ्न।
तपाइँको प्रतिक्रिया ।