गजल : दिपक पनेरु
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १६।
अचेल गाउँअनिशहर जल्दै गएको छ
डाँडा पाखात्यो पखेरा सब गल्दै गएको छ ।
पापीहरुको छल कपट दुष्कर्म झुटको खेती
छैन् डर कत्तिभगवानलाई नै छल्दै गएको छ ।
के गरौं गुनासो पराईलाई आफ्नै हुन्छन् वैरी
बुझाई मन जिन्दगी यसै भनिचल्दै गएको छ ।
छ दुनियाँ स्वार्थी यो के गर्नु र आश व्यर्थै
यस्तै सोची मेरा रातदिनहरु ढल्दै गएको छ ।
समयले विवशताको डोरीमाबाँधी दिएपछि
दुखलाई यो दिपकले सहजै मल्दै गएको छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।