अस्थायी मानव चोला : समिर अधिकारी (कविता )

अस्थायी मानव चोला : समिर अधिकारी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १६।

जीवनबाट तृष्णा हटाएर हेर कतिशान्ति छाउँछ
मोहमाया घटाएर हेर निस्वार्थ भइ मन रमाउँछ

थियो न केहीतिम्रो न हुनेछ भोलि तिमीसँग केही
ल्याएको नाङ्गो शरीरपनि लौ त्यागी जानुछ यहीँ

व्यर्थै किन द्वेष साँध्छौ बाँचुन्जेल गर्दै तेरोमेरो
छोडिजानुछ आखिरमा एकदिन सबै सेरोफेरो

आफ्नो पराईको भेदभाव राखी नगर भिन्नता
एउटालाई काखी च्याप्दा अर्कोको मनमा खिन्नता

प्राकृतिक सन्तुलनमा अडेको यो प्रकृति बिछट्ट राम्रो
सम्पूर्ण चराचर जगतसँग प्रेमभाव राख्नु कर्तव्य हाम्रो

अस्थाइ नाता सम्बन्ध सारा अस्थाइ यो मानव चोला
हिजो कस्को के थियौं भोलि कुन रुपमा जन्म होला

प्रभुको खटन हो यो प्रत्येकलाई उनैले खटाउँछन्
हरेकलाई आ–आफ्नो भूमिका दिइ उनैले पठाउँछन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।