चार मुक्तक : गंगा लिगल

चार मुक्तक : गंगा लिगल

कपन अनलाइन
काठमाडौँ, भाद्र २।

साहित्य पारदर्शी नामाकरण हो जीवनको
यो त आदर्शमय आचरणमा हो जीवनको
यसको सामिप्यले उमंग भरिन्छ मानवमा
यो सुमार्ग पथको प्रथम चरण हो जीवनको

खोज्न सके पाइन्छ प्रकाश जीवनमा
परिश्रमी बन्न सके हुन्छ विकास जीवनमा
जीवनलाई खिया लाग्नदिन हुन्न कदापी
अनि खराब भावना निकास हुन्छ जीवनमा

आफ्नै यो माटोमा फाटो नबनाऔं
विकृति ल्याउने बाटो नबनाआंै
ईष्र्यालुहरु धेरै छन् चौतर्फ यहाँ
आफैमा नराम्रो पाटो नबनाआंै ।

जीवन त सारै अमुल्य छ यहाँ
मान्यता यसको बहुमुल्य छ यहाँ
सार यसको बुझ्न सकिएन भने
पृथ्वीमा जिउँदै मरे तुल्य छ यहाँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।