जनताको ज्यान धनको सुरक्षामा प्रतिवद्द छौ,बुढानिलकण्ठमा बक्स कल्भर्ट निर्माण हुन्छ : शम्भु भट्टराई

जनताको ज्यान धनको सुरक्षामा प्रतिवद्द छौ,बुढानिलकण्ठमा बक्स कल्भर्ट निर्माण हुन्छ : शम्भु भट्टराई

कपन अनलाइन

काठमाण्डौ ,साउन ३१ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले बुढानिलकण्ठ नगरपालिका क्षेत्रमा रहेको बक्स कल्भर्ट निर्माण कार्य निरन्तर रहने बताएका छन।

काठमाण्डौ महानगरपालिकाले साततले क्षेत्रबाट खोला क्षेत्र खोल्दै ल्याएपछि शसंकित बनेका यज्ञमति किनारका स्थानीयहरु संग छलफल गर्दै वडा अध्यक्ष भट्टराईले जनताको ज्यान र धनको सुरक्षा गर्नु स्थानीय सरकारको दायित्व भएकोले मिलनचोक तरकारी बजार देखि आनीगुम्बा क्षेत्र सम्म बक्स कल्भर्ट निर्माणको काम निरन्तर जारी रहने बताएका हुन्।

अहिले बिना तयारी खोला क्षेत्र खोल्दा धेरै समस्याहरु देखिएको बताउदै अध्यक्ष भट्टराईले साउन ३० गते उपत्यका विकास प्राधिकरणले आयोजना गरेको छलफलमा आफुले महानगरले बिना तयारी चर्चा कमाउने हिसावले खोला खोल्दा निकै समस्या परेको जानकारी गराएको र बुढानिलकण्ठ क्षेत्रमा हचुवाका भरमा त्यो काम नगर्ने कुरा राखेको बताएका छन।

कपन डुवान क्षेत्रका पिडितहरु संग चरणवद्ध छलफलमा जुटेका वडा अध्यक्ष भट्टराईले अन्य क्षेत्रका जनतासंग पनि छलफल गरेर मात्र अगाडी बढ्ने बताउदै पिडित जनतालाई उचित क्षतिपूर्ति र सहज जीवनयापनको व्यवस्था नगरी कुनै पनि काम नगर्ने प्रतिवदत्ता समेत व्यक्त गरेका छन।

मिलनचोक तरकारी बजारदेखि आनिगुम्बा सम्म बक्स कल्भर्ट निर्माणको काम अगाडी बढेको भएपनि पछिल्लो समय काठमाण्डौ महानगरपालिकाले खोला खोल्दा  करोडौ बजेट अनिश्चित बनेको भन्दै अध्यक्ष भट्टराईले बुढानिलकण्ठ क्षेत्रमा भने कल्भर्ट निर्माणको काम नरोकिने पिडित स्थानीयहरु संग प्रतिवदत्ता व्यक्त गरेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा भएको छलफलमा उनले स्थानीय जनताले निकै दुख गरेर जोडेको धनको सुरक्षा गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउदै खोला खोलिसकेपछी आउने गम्भीर समस्याका वारेमा काठमाण्डौ महानगरपालिका उदासिन बनेकोमा दुख समेत व्यक्त गरेका छन ।

तपाइँको प्रतिक्रिया ।