बोलबम भक्तजनहरुलाई शुद्द पिउने पानी वितरण गर्दै लायन्स सदस्यहरु
कपन अनलाइन
काठमाडौं साउन १५ । सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने बोलबम भक्तजनहरुलाई शुद्द पिउने पानि वितरण गरिएको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ड अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयापाटी भिक्टोरियस संगै लायन्स क्लब अफ काठमाडौं उत्तरबहिनि, राइजिङ सन, मनहरा, इन्फिनिटी, जोरपाटी, थर्ड आइ, आकर्षण, सिन्धुपाल्चोक, कपन डाँफे, बासुकी, पंचशील,सुन्दरीजल र पिस एण्ड एजुकेसन गरि कुल १६ वटा क्लबले संयुक्त रुपमा आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा सुद्द पिउने पानी बितरण गरेको हो ।
क्लबले प्रत्येक वर्ष बोलबम भक्तजनहरुलाई शुद्द पिउने पानी वितरण गर्दै आएको छ । यस पटक डिष्ट्रिक गभर्नर सर्विस महिनाको रुपमा मनाउदै आएको क्लबहरुले बिभिन्न सामाजिक क्रियाकलाप पनि गर्दै आएको छ । भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ। गोकर्णेश्वर महादेव मन्दिरमा पनि भक्तजनको बिहानैदेखि भीड लागेको छ। सुन्दरीजलबाट शुद्ध जल लिई आउने भक्तजनले गोकर्णेश्वरलगायत बाटामा पर्ने शिवालयमा जल चढाउँछन् । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना गर्ने प्राचीनकालदेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यतासमेत छ।