संविधानको प्रारम्भिक मस्यौदा लिएर कर्मचारी गाउँगाउँमा

काठमाडौँ, २७  असार । संविधानको प्रारम्भिक मस्यौदामा जनताको अभिमत सङ्कलन गर्न संविधानसभा सचिवालयका कर्मचारी गाउँगाउँमा पुगेका छन् ।

मुलुकका ७५ वटै जिल्लाका दुई सय ४० निर्वाचन क्षेत्रमा आगामी साउन ४ र ५ गते आयोजना हुने बृहत् अन्तरक्रिया एवम् सुझाव सङ्कलन बैठक सम्पन्न गर्न सचिवालयका कर्मचारी संविधानको पहिलो मस्यौदा र राजपत्र लिएर गाउँ पसेका हुन् ।

राजधानीबाट आज ४१ वटा सुझाव सङ्कलन टोली बाहिरिएका र भोलि हिमाली भेगतर्फ अन्य टोली प्रस्थान गर्ने कार्यक्रम रहेको संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले राससलाई बताउनुभयो । प्रत्येक टोलीमा दुई जना कर्मचारी खटिएका छन् ।

तपाइँको प्रतिक्रिया ।