जोसेफ स्कूलले सम्मान तथा बधाई कार्यक्रम आयोजना गर्यो

जोसेफ स्कूलले सम्मान तथा बधाई कार्यक्रम आयोजना गर्यो

बुढानीलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको जोसेफ माध्यमिक विद्यालयले २०७१ सालको प्रवेशिका परीक्षामा उत्तिर्ण हुने आफ्ना विद्यार्थीहरु र विभिन्न क्षेत्रमा अग्रणी भूमिका खेलेका व्यक्तित्वहरुलाई संविधान सभाका उपसभामुख ओनसरी घर्तीमगरको प्रमुख आतिथ्यता भव्य कार्यक्रमका बीच सम्मान गरेको छ ।

DSCN8047
वि.सं २०५३ सालमा स्थापित जोसेफ माध्यामिक विद्यालयले यस वर्ष प्रवेशिका परीक्षामा परीक्षामा सामेल आफ्ना १४० जना विद्यार्थीका साथसाथै सभासद विदुर सापकोटा, समाजसेवीहरु मिठाराम अधिकारी, रामकृष्ण के.सी, मित्रसेन दाहाल र कलाकार सरीता लामिछानेलाई पनि सम्मान गरेको छ । २०७१ सालको प्रवेशिका परीक्षामा सामेल कुल १४० जना विद्यार्थी मध्य ६ जना विद्यार्थीले ९० प्रतिशत भन्दा बढि अंक ल्याउन सफल भएका थिए भने ६८ जनाले विशिष्ट श्रेणी र बाँकी ६६ जना प्रथम श्रेणीमा उत्र्तिण भएको जानकारी पनि दिईएको थियो ।
कपनको मिलनचोक पार्टी भेन्युमा भएको भव्य कार्यक्रममा विभिन्न क्षेत्रका करिब ३ दर्जन ख्यातिप्राप्त व्यक्तिहरु अतिथिका रुपमा निम्त्याइएका थिए । विद्यालयबाट यस वर्ष ९० प्रतिशत भन्दा बढि अंक ल्याउने ६ जना विद्यार्थीहरुलाई जनहि नगद रु.१० हजारबाट सम्मान गरिएका थियो भने अन्य १३४ जना विद्यार्थीहरु र तिनका अभिभावकलाई विशेष सम्मान दिईएको थियो । कार्यक्रममै विद्यालयमा उत्कृष्ट काम गर्ने करिब १५ जना शिक्षक र ६ जना कर्मचारीलाई पनि सम्मान गरिएका थियो ।

DSCN8066
विद्यार्थीहरुको विविध साँस्कृति प्रस्तुतिका साथै देशकै ख्याति प्राप्त कलाकारहरु श्रीकृष्ण सिम्खडा, रवि डंगोल (बेइमान) र पल्पसा डंगोल(चम्सुरी)ले कार्यक्रममा उपस्थित व्यक्तिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि उपसभामुख ओनसरी घर्तीले जोसेफ स्कूलको नतिजामा अहम भूमिका खेल्ने शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी सबैलाई बधाई व्यक्त गरेकी थिईन र उत्तिर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई देश हाँक्न सक्ने जनशक्ति बन्न पनि सुझाव दिएकी थिइन् । अर्को फरक प्रसंगमा बोल्दै घर्तीले भनिन् हामी एक महिना भित्र संविधान जारी गर्ने दृढ संकल्पका साथ लागिपरेका छौँ र अब बन्ने नयाँ संविधानमा निशुल्क शिक्षाको व्यवस्था हुनेछ ।

DSCN8057
मन्तव्य राख्दै कार्यक्रममा सम्मानित व्यक्तित्व एंव सभासद विदुर सापकोटाले कुनैपनि विषय राम्रो या नराम्रो हँुदैन । तसर्थ विषयभन्दापनि विज्ञता हासिल गर्नु सबैभन्दा ठूलो कुरा भएकाले उत्र्तिण सम्पूर्ण विद्याथीलाई त्यहि अनुरुप लाग्न सुझाव दिएका थिए ।
कार्यक्रमका सभापति विद्यालयका संस्थापक प्रिन्सिपल सूर्य बहादुर अधिकारीले जोसेफ स्कूलले सरकारले प्रति विद्यार्थीमा गरेका लगानि भन्दा करिब ४० प्रतिशत सहुलियतमा अध्यापन गराईरहेको बताउँदै समाज र राष्ट्रप्रति सदा जिम्मेवार रहेको बताए ।

तपाइँको प्रतिक्रिया ।