बुढानिलकण्ठको उच्च प्राथमिकतामा मानवीय सेवा,मानव सेवा आश्रमलाई १० लाखको सहयोग

बुढानिलकण्ठको उच्च प्राथमिकतामा मानवीय सेवा,मानव सेवा आश्रमलाई १० लाखको सहयोग

कपन अनलाइन

काठमाण्डौ ,असार २२।

बुढानिलकण्ठ नगरपालिकाले मानवीय सेवालाई उच्च प्राथमिकतामा राखेको छ। भौतिक पूर्वाधार विकास संगै सामाजिक विकासलाई पनि आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकता सहित उठाएको नगरपालिकाले मानव सेवा आश्रमलाई सहयोग गरेको छ।

असहाय व्यक्तित्वहरुलाई आश्रय प्रदान गरेर सेवा गर्दै आएको मानव सेवा आश्रमलाई बुढानिलकण्ठ नगरपालिकाले १० लाख बरावरको खाध्यान्न तथा अत्यावश्यक सामाग्रीहरु सहयोग गरेको हो।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी ,उपप्रमुख अनिता लामा, महाशाखाका प्रमुख महेश प्रसाद पाठक,मानव सेवा आश्रमका परिकल्पनाकार केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थितिमा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको थियो।

सो अवसरमा करिव २०० जनाको परिवारलाई  बुढानिलकण्ठ नगरपालिकाले तन मन र धनकाे त्रिवेणी बाट साथ सहयोग र अभिभावकत्व गरेकोमा मानव सेवा आश्रमले धन्यवाद दिएको थियो।

तपाइँको प्रतिक्रिया ।