पूर्वराजा ज्ञानेन्द्रको ७७ औं जन्मोत्सव भव्यताका साथ मनाउन राजावादीहरुको आग्रह
कपन अनलाइन
काठमाण्डौ ,असार २२।
राजावादीहरुले पूर्वराजा ज्ञानेन्द शाहको ७७औं जन्मजयन्तीको अवसरमा देशव्यापी रुपमा दीप प्रज्वलन गर्न आह्वान गरेका छन् । उनीहरुले राजा र देशको सुख, शान्ति, सुस्वास्थ, समृद्धिको कामनागर्दै पूजापाठ, दीपावली र विभिन्नको सप्ताहव्यापी कार्यक्रम आयोजना पनि गरेका छन्।
नागरिक मूलआयोजक समिति २०८० ले बिहीबाररिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनगर्दै कार्यक्रमबारे जानकारी गराएको हो । समितिले आगामीअसार २३ गते साँझ ७ बजेर ७मिनेटमा ७७ वटै जिल्ला सदरमुकामहरु, पालिका, गाउँ, घर, टोल–टोल र घरमा दीपप्रज्वलन गर्न आग्रह गरेको छ । काठमाडौंमा निर्मल निवाशको गेट अगाडि विशेष कार्यक्रम रहने पनि बताइएको छ ।
समितिका उपाध्यक्ष चक्रदेव जोशीले असार २३ गते राजाको जन्मोत्सवलाई भव्य रुपमा मनाउनआग्रह गरे । अहिलेका प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार नभएको उनको भनाई छ । नेपाली देश गणतन्त्रवादीको हातबाट विदेशीलाई सुम्पने कि नेपाली भएर बाच्ने भन्ने बारेमा नेपाली जनताले सोच्न आवश्यक रहेको उनले बताए । नेपाल र विदेशमा बसेका सबै नेपालीलाई धर्तिको रक्षाकालागि राजाको जन्मोत्सव मनाउन उनले आग्रह गरे।
‘हामी ७७ वटै जिल्लामा २०८० सालअसार २३ गते साँझ७ बजेर ७मिनेटमा ७७ वटै जिल्लाका सदरमुकाम, पालिका, वाड–वाड र टोल–टोलमादीपप्रज्वलन गरी श्री ५ महाराजधिराजको सुस्वास्थ्य, दीर्घायु र राष्ट्र रक्षागर्ने र नेपाललाई राष्ट्रिय एकताको शुत्रमाबाँध्न सक्ने शक्तिमिलोस् भनेर हामीहरु देशव्यापी रुपमा कार्यक्रमगर्न गइरहेका छौं,’– उनले भने ।
अर्का वक्ता विनोदप्रसाद आचार्यले यो देशको लागि सबैभन्दा महत्वपूर्ण अभिभावकाको खाँचो भएको बताए । यो देशको अभिभाव राजा नै भएको उनले बताए । राष्ट्रपतिलाई आफूहरुले राष्ट्रपति नमानेको समेत उनले बताए । नेपालको सुदृढ राष्ट्रियता, देशभक्तिपूर्ण लोकतन्त्र र समतामूलक समाजवाद ल्याउनका लागि राजा संस्था पुनर्स्थापना गर्न आवश्यक रहेको उनले बताए । नागरिक मूलआयोजक समिति २०८० काअध्यक्षकिशोरी महतोले सम्पूर्ण नेपालीलाई पूर्व राजाको ७७ औं जन्मोत्सवमनाउनआग्रह गरे ।
नागरिक मूलआयोजक समिति २०८० कामहासचिव राधेश्याम थापाले देशको सबैभन्दा बढी माया राजालाई रहेको बताए । उनले ७ बजेर ७ मिनेटमा दीपप्रज्वलन गरी राजाको जन्मोत्सवमनाउनआग्रह गरे । काठमाडौंमा आफूहरुले निर्मल निवास अगाडि दीपप्रज्वलनगर्ने कार्यक्रम रहेको पनिउनले बताए ।
कार्यक्रममो केशरी श्रेष्ठ, निरा रञ्जित लगायतको सहभागिता हरेको थियो ।