Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/07/357089774_2314098852261551_297386519915680991_n-1024x427.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

शंखरापुर ३ जहरसिङ पौवामा हाप्किडो राष्ट्रपति खेलकुद, महिला सहभागिता अभिबृद्धी तथा आत्मरक्षा तालिम सञ्चालन हुने

कपन अनलाइन

काठमाडौँ, असार १९ । शंखरापुर नगरपालिका वडा नं ३ जहरसिङ पौवामा राष्ट्रपति खेलकुद, महिला सहभागिता अभिबृद्धी तथा आत्मरक्षा तालिम सञ्चालन हुने भएको छ । बुधबार नेपाल  हाप्किडो संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा राष्ट्रपति खेलकुद, महिला सहभागिता अभिबृद्धी तथा आत्मरक्षा तालिम सञ्चालन हुने भएको हो  ।

राष्ट्रपति खेलकुद अन्तर्गत अयोजना गर्न लागिएको यस तालिमका सहभागीहरुले महिला क्षमता अभिबृद्धि तथा आत्मरक्षा सम्बन्धि कौशल सिक्ने कार्यक्रमका संयोजक बिजयाकुमारी वाईवाले जानकारी दिएकी  छन  । ‘तालिममा हाप्किडोका अनुभवी महिला प्रशिक्षकहरु सहभागी हुने छन् । अनुभवी प्रशिक्षकहरुबाट सहभागी खेलाडीहरुले आत्मा रक्षा सम्बन्धि कौशल सिक्ने छन् । यसमा राष्ट्रपति खेलकुद अन्तर्गत महिला सहभागीता अभिबृद्धिको नारा जोडिएकाले महिला सहभागीतालाई जोड दिएको कार्यक्रमका संयोजक बिजयाकुमारी वाईवाले जानकारी गराएकी  छन  ।मार्शल आर्ट्स विधाको हाप्किडो खेल आत्मरक्षा कौशल सँग सम्बन्धित खेल विधा हो ।

तपाइँको प्रतिक्रिया ।