नेविप्राका चार युनियन आन्दोलनमा
काठमाडौँ, २४असार । नेपाल विद्युत् प्राधिकरण (नेविप्रा)मा क्रियाशील चार विभिन्न कर्मचारी सङ्घ तथा सङ्गठनले वर्तमान सञ्चालक समितिले विद्युत् आयोजनामा विदेशी कम्पनी ल्याउन खोजेर प्राधिकरणको भूमिका घटाउँदै लगेको भन्दै आन्दोलनमा जाने बताएका छन् ।
राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष सीताराम थापा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष खगेन्द्र शाही, नेविप्रा कर्मचारी कल्याण परिषद्का केन्द्रीय सदस्य टीकाराम कार्की तथा नेविप्रा कर्मचारी सङ्घका अध्यक्ष जनार्दन भट्टराईले आज संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलन गर्ने जनाइएको छ ।
“विद्युत् क्षेत्रको विकासका लागि स्थापित एकमात्र सरकारी स्वामित्वमा रहेको संस्था नेपाल विद्युत् प्राधिकरण बर्सेनि अर्बौं घाटामा गुजँ्रदै गएकाले यसलाई बचाउन हामी आन्दोलनमा जान बाध्य भएका छौँ”, विज्ञप्तिमा उल्लेख छ ।