प्रोजेक्ट वर्क : टीकाराम जोशी ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असार १६।
‘बुवा ! प्रोजेक्ट वर्क सिकाइ दिनु पर्याे। मिसले सादा कागजमा बनाउनु भन्नु भएको छ ।’ स्कुलको पोषाख नखोलेरै हजुरबुवाको अगाडि नातिनीले झोला फाली अनि स्कूलले होमवर्क दिने गरेको वर्कबुक उनलाई देखाउँदै भनि ‘यी हेर्नुस् ।’
‘मेक अ चार्ट अफ रियल फुड’ लेखेको उनले देखे ।
‘चार्ट कसरी बनाउने भनि स्कुलमा सिकाएको होला नि त ।’
‘मिसले कागजमा टाँसेर ल्याउनु भनेको छ ।’
‘कागजमा के ले टाँस्ने ? कसरी
टाँस्ने ? के के टाँस्ने ? के लेख्ने ? कसरी
लेख्ने ? केही त सिकाउनु भयो होला नि । जसरी सिकाएको छ तेसैगरी बनाउ ।’
‘मिसले बोर्डमा पेनले थोप्ला थोप्ला बनाउनुभयो र यसैगरी कागजमा टाँस्नु भनि भन्नुभयो ।’
‘क्लासमा कागजमा टाँसेर देखाउनु भएन ?’
‘नाईँ, देखाउनु भएन ।’
कक्षा एकमा पढने नातिनीको समस्या समाधान गर्न त उनी सक्थे तर स्कुलले चार्ट बनाउने सिप नसिकाइकनै प्रोजेक्टवर्क दिएकोमा उनी रुष्ट भए ।
‘खोइ तिम्रो होमवर्क दिने नोटबुक ?’
‘डु यु सपोज द पेरेण्ट्स डु द होमवर्क यु गिभ ? फर्स्ट यु टिच स्टुडेन्ट्स एट स्कुल एन्ड देन गिभ देम रिलेटेड होमवर्क ।’ दैनिक होमवर्क दिने पानाको तलपट्टि अभिभावकको सही भनेको ठाउँमा उनले टिप्पणी लेखे ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।