काठमाण्डौ महानगरको निर्णयले अधिकांश विद्यालयहरु संकटमा , निर्णय लागु हुनेमा आशंका
कपन अनलाइन
काठमाडौं, असार १५ ।
काठमाण्डौ महानगरपालिकाले निजि विद्यालयहरुमा कार्यरत शिक्षकहरुलाई सरकारी सो सरह तलव सुविधा दिनका लागि गरिएको निर्देशनले अधिकांश विद्यालयहरु संकटमा पर्ने देखिएको छ।
निजि लगानी र श्रोतबाट संचालित भएका धेरै विद्यालयहरुले महानगरको निर्देशन मान्न सक्ने अवस्था नरहेको विद्यालय सम्बन्धित संघ संस्था बताइरहेको अवस्थामा यसलाई लागु गर्न दिइएको निर्देशन हचुवा र बिना अध्ययन ल्याइएको टिप्पणी समेत गरेका छन।
काठमाण्डौ महानगरको यो निर्णयले सयौ विद्यालयहरुको संचालनमा निकै अफ्ट्यारो र असहज अवस्था सिर्जना गरेको र सो निर्णयको विरुद्धमा जानुको विकल्प नरहेको विद्यालय संचालकहरुको भनाइ रहेको छ ।
सो निर्णयले सृजना गर्ने आर्थिक भार अधिकांश विद्यालयले थाम्न नसक्ने अवस्था आउने भन्दै सो निर्णयका कारण हजारौ रोजगार बिहिन हुने परिस्थिति आउने तर्फ संवेदनशील भएर सोच्न ति संघ संस्थाले अनुरोध समेत गरेका छन।
संस्थागत (निजी) विद्यालयका शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउन थालेपछि प्रमुख बालेन्द्र शाहले, पद/श्रेणी, सुरु तलब र कायम जम्मा तलब उल्लेख गर्दै तोकिएबमोजिम प्राप्त नभए शिक्षा विभागमा सम्पर्क गर्न संस्थागत विद्यालयका शिक्षकहरुलाई सूचित गरेका छन ।
‘शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयका शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने व्यवस्था छ । काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका सुविधा सम्बन्धी व्यवस्था छ ।
