गोकर्णेश्वरमा आयोजित प्रथम उप मेयर कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी क्रिजल फुटबल क्लब मण्डिखाटारलाइ
कपन अनलाइन
काठमाडौं असार १५ ।गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिद्वारा आयोजित प्रथम उप मेयर कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी क्रिजल फुटबल क्लब मण्डिखाटारले जितेको छ। नेपालय इंगलिस पब्लिक स्कुलको खेल मैदानमा संचालन भएको उक्त प्रतियोगितामा कुल १२ वटा टिमको सहभागिता रहेको थियो। बिहिबार भएको फाइनल खेलमा क्रिजल फुटबल क्लब मण्डिखाटारले जुनियर फुटबल क्लब बालुवाटारलाइ १-० गोल अन्तरले पराजित गर्दै उपाधी हासिल गरेको हो ।
निकैनै रोमान्चक बनेको उक्त फाइनल खेलको अन्तिम समयमा क्रिजल फुटबल क्लब मण्डिखाटारका खेलाडीले गोल नै निर्णायक गोल बन्न पुगेको थियो । जित संगै क्रिजल फुटबल क्लब मण्डिखाटारले पुरस्कारस्वरूप नगद रु १ लाख ३६ हजार ( कर सहित), ट्रफी, मेडल,प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता जुनियर फुटबल क्लब बालुवाटारले नगद रू ६८ हजार ( कर सहित) ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा सर्वाधिक गोल कर्ताको उपाधी जुनियर फुटबल क्लबकि सुजिता घलानले प्राप्त गरिन त्यसै गरि उत्कृष्ट गोल रक्षक उषा थापा घोसित हुँदा उत्कृष्ट खेलाडी क्रिजल फुटबल क्लब मण्डिखाटारकी सम्झना तामाङ घोसित भइन उत्कृष्ट खेलाडीहरुले नगद रु ५ हजार सहित ट्रफी हात पारे ।
बिजेता उप बिजेता र उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, बिशेष अतिथि गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा, नगरपालिका खेलकुद विकास समितिका संयोजक संजय लामा वडा अध्यक्ष द्वय नन्दलाल श्रेष्ठ, जयराम महत लगायतले पुरस्कार वितरण गरेका थिए ।प्रतियोगितामा गोकर्णेश्वर बाट फुटबल खेलमा उल्लेखनीय योगदान पुर्याउने पुर्व राष्ट्रिय खेलाडी, रेफ्री प्रशिक्षक लगायतलाइ बिशेष सम्मान समेत गरिएको थियो ।


