ओझेलमा परेका ज्योतिषाचार्यका प्रकाण्ड पण्डित श्री देवी रमण भण्डारी : महेन्द्र चालिसे
कपन अनलाइन
काठमाडौं असार ९।
केही दिन अघि ज्ञानगुनका कुरा पत्रिकाका सम्पादक एवं प्रकाशक शेषराज शिवाकोटीले मलाई मेशेज गरेर भन्नुभयो ‘महेन्द्र भाई तपाईंले तपाईको पिताजी रमेश विकलका मामा ज्योतिषाचार्यका प्रकाण्ड पण्डित श्री देवी प्रसाद भण्डारीको बारेमा यसो १–२ पेज लेखेर मेरो मेलमा पठाइ दिनोस है ।’ परेन फसाद नाई भनौं आफ्नै मान्छेको बारेमा, हुन्छ भनौं हामीले कहिल्यै बाबाका मामालाई ज्योतिष विद्याका प्रकाण्ड विद्वान भनेर बुझ्ने कोशिस नै गरेनौं, बुझ्यौं त केवल बाबाका सानो मामा, अर्थात् हाम्रो सानोमामा हजुर्बा । जब शेषराज शिवाकोटीजीले ज्योतिषाचार्य पण्डित देवीप्रसाद भण्डारीको बारेमा भन्नुभयो तबमात्र थाहा भयो देवीप्रसाद भण्डारी त न कसैले चिनेका, न त चिनाउन नै खोजिएका एउटा त्यस्ता प्रकाण्ड विद्वान व्यक्ति हुनुहुँदो रहेछ भनेर केही खोजि गरी उहाँका बारेमा यति लेख्ने जमर्को गरेको छु ।
हामीले थाहा पाउँदा बाबाको दुइ जना मामा हुनुहुन्थ्यो– जेठा मामा कृष्ण प्रसाद भण्डारी र कान्छा मामा देवीप्रसाद भण्डारी । देवीप्रसाद भण्डारीका बारेमा केही लेख्नु अघि जेठा मामा कृष्णप्रसाद भण्डारको बारेमा पनि केही स्मरण गर्नु सान्दर्भिक नै हुनेछ ।
बाबाका जेठा मामा अर्थात कृष्णप्रसाद भण्डारीको विशेषता भनेको उहाँले जीवनभर जुत्तामा खुट्टा हाल्नु भएन । अर्थात् उहाँले बाँचुञ्जेल नाङ्गा खुट्टा हिड्नुभयो । किन त भनेर उहाँलाई सोध्ने हाम्रो उमेर पुगेको पनि थिएन । अरुले सोधे सोधेनन् त्यो पनि अहिले थाहा भएन । यो स्मरण लेख्ने क्रममा मैले उहाँका जेठा छोरा डिल्लीरमण भण्डारी जसलाई हामी सपितादाई भन्छौं, उहाँलाई सोद्धा अनभिज्ञता देखाउनु
हुन्छ । सपितादाइका अनुसार पहिला पहिला त त्यति केही महसुस गरिएन, जब उहाँले जागिर खाएपछि उहाँका बा अफिसमा भेट्न जानुहुँदा खाली खुट्टा देख्दा सबैले कौतुहलताका साथ हेर्थे रे, त्यतिबेला सपिता दाईलाई अलि असजिलो महसुस हुन्थ्यो रे । अनि उहाँले बालाई ‘तपाईं छालाको जुत्ता नलगाए पनि कपडाको लगाउुनोस् न भनेर अनुरोध गर्दा’ आजसम्म जुत्तामा नछिराएको खुट्टा अब यो जीवनको उत्तरार्धमा किन छिराउने, लाउदिन भनेर मान्नुभएन रे ।
अब पण्डित देवीप्रसाद भण्डारी अर्थात् रमेश विकलका कान्छा मामा जसले ज्योतिष इतिहास तथा व्याकरण विषयमा शास्त्री गर्नुभएको थियो भने प्रकाण्ड विद्वान गुरु नयराज पन्तको गुरुकुलमा अनौपचारिक अध्ययन गर्नु भई ज्योतिष विज्ञानमा विशेषता हासिल गर्नु भएको थियो र नयराज पन्तको प्रिय चेलो बनि जीवनपर्यन्त नयराज पन्तको सहायक बनेर ज्योतिष इतिहासको शोध
गर्नुभयो ।
देवीप्रसाद भण्डारीको गहन अध्ययन र विशेषता निम्न विषयमा थिए–
– पञ्चाङ्ग गणना, पात्रो प्रकाशन, आकाश, सूर्य, चन्द्रको चाल र आकारको आधारमा खगोल शास्त्र मुताविक गणीतिय माध्यमबाट सुर्य र चन्द्र ग्रहणको गणना
– सिद्धान्त शिरोमणी । सिद्धान्त ज्योतिषको आधारमा पात्रा गणना गर्ने पांचाङ्ग सारिणी (सुत्र) यसको पाण्डुलिपी तयार छ, तर प्रकाशकको अभावमा प्रकाशन हुन सकेको छैन ।
– लिच्छवी तथा मल्लकालीन अभिलेख, शिलालेखहरुमा प्रयोग भएका लिपी, नेपाल भाषा लिपी समेतको अध्ययन तथा अनुसन्धान
– गुरु नयराज पन्तसँग सहकार्य गरेर सुरुकाल काल (वेला) निर्णय गरी लिच्छवीकालको इतिहासमा भएका द्विविधाहरुको निराकरण गर्न सफल
– संशोधन मण्डलमा स्थापनाकाल देखि नै रहेर देशको कला, साहित्य र संस्कृति इतिहास परिचय गराउने र पञ्चाङ्गमा भएका असुद्धीका बारेमा अध्ययन अनुसन्धान गरी सत्य तथ्य प्रस्तुत गर्ने
– नयराज पन्त तत्कालिन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य मनोनित भएपछि सदस्य सहायकको पदमा नियुक्ति भई इतिहास अध्ययन अनुसन्धान सकृय रहनुभयो ।
– देवीरमण भण्डारी नेपाली पात्रोको, पुर्णिमा पत्रिका, इतिहास, व्याकरण र पाञ्चाङ्गको संशोधन पुस्तिका ‘अभिलेख संग्रहका सम्पादक तथा प्रकाशक’,
– जगदम्बा प्रकाशनबाट प्रकाशित ‘पृथ्वी नारायणशाहको उपदेश’को व्याख्याता,
– इतिहास शिरोमणी बाबुराम आचार्य रचित नेपालको संक्षिप्त इतिहासको पाण्डुलिपी तयार पारी पूर्णिमामा प्रकाशित
– सूभवितन्त्रको ज्यामितिय गणना र पण्डित नयराज पन्तद्वारा सम्पादन गििरएका सवै ग्रन्थहरु जस्तो रत्नदीप, (पात्रो बनाउने ग्रन्थ) प्राचिन र नवीन गणितको तूलनात्मक पुस्तक २०३९, लिच्छवि सम्वत्को निर्णय २०४३ को मदन पुरस्कार प्राप्त) अंशुवर्माहरुले व्यवहार गरेको सम्वत्को निर्णय, नेपालका लिच्छवी राजाहरुले गरेका सम्वत्को निर्णय, सुमतितन्त्रम–२०३५, मिति तन्त्रको केही परिचय, सुमतितन्त्रबाट नेपालको इतिहासमा पर्न सक्ने प्रकाश जस्ता प्रकाशनको जस्मा पण्डित नयराज पन्त संलग्न हुनुहुन्छ त्यस्को सहायकको रुपमा देवी रमण भण्डारी हुनुहुन्छ ।
देवीप्रसाद भण्डारी जति विद्वान् र आफ्नो विषयका प्रकाण्ड ज्ञानी हुनुहुन्थ्यो त्यति उहाँले अवसर प्राप्त गर्न सक्नु भएन अथवा चाहनु भएन । मैले त उहाँका ज्ञानका बारेमा धेरै पछि जानकारी पाएको हुँ र त्यस्को आधारमा यति भन्न सकिन्छ कि उहाँ आफ्नो विषयमा धुरन्धर ज्ञानी र विद्वान उहाँका गुरु नयराज पन्तको सामिप्यमा वन्न सफल हुनुभयो तर त्यो विद्वत्ताको प्रकाश पैmलिएर उहाँ जुन शिखरमा पूग्न सक्नुहुन्थ्यो त्यो अवसर पनि उहाँका गुरु नयराज पन्तकै छायाँमा प¥यो ।
जहाँसम्म जतिसम्म देवीप्रसाद भण्डारी विद्वान हुनुहुन्थ्यो त्यति नै पुरातनपन्थी पनि हुनुहुन्थ्यो र उहाँहरु आफ्नो समुह बाहेक अरुलाई गन्दै नगन्ने स्वभावका हुनुहुन्थ्यो त्यो समुह आधुनिक शिक्षाका व्यक्तिहरुलाई ती त म्लेक्ष हुन पनि भन्न पछि पर्दैन थिए ।
यहाँ सम्मकी मामा भाञ्जा (देवी रमण भण्डारी र रमेश विकल) बीच १५–१७ वर्ष आउने जाने त के कुरो लगभग वोलचाल पनि नभएको स्थिति थियो कारण भनिजले परम्परा र धार्मिक नियम मिचे भन्ने मामाको ठम्याइ थियो ।
घटना २०२४–२५ साल तिरको । म पनि सानै थिएँ, पछि थाहा पाएको । दाइ विजय चालिसेको विहे बिहान जन्ती लगेर साँझ दुलही ल्याउने, अर्थात १ दिने बिहे । तत्कालिक समयमा ठूलै क्रान्ति थियो जुन देवीरमण भण्डारी जस्तो पण्डितले सजिलै पचाउन सक्ने कुरै भएन र उहाँले त्यो विहेलाई वहिस्कार गरि दिनुभयो । जसकारण भाञ्जा रमेश विकललाई चित्त दुख्यो र कान्छा मामाको घरमा जानै छाडि दिनुभयो ।
पछि खै कसरी मामा भाञ्जा बीच सुलह भयो कुन्नी तर मजाको कुरा देवी रमण भण्डारीले पछि आफ्ना माइला सुपुत्रको बिहे चाहिँ भाञ्जाकै अनुसरण गरी एकै दिनमा टुङ्ग्याउनु भयो ।
अस्तु ।
(डिल्लीरमण भण्डारी र यादव भण्डारीसँगको कुराकानीका आधारमा तयार पारिएको)
तपाइँको प्रतिक्रिया ।