मायाको साथ जुराइदेऊ : चन्द्रा न्यौपाने (कविता )

मायाको साथ जुराइदेऊ : चन्द्रा न्यौपाने (कविता )

कपन अनलाइन
काठमाडौं, कात्तिक१०।
साहित्य भेला भेटको बेला क्यै भन्छु सुन्नुस् है
मायाको गीत चोखो यो प्रीत राम्ररी गुन्नुस् है ।
छेकेर छाया लुकेर माया गाह्रो भो लाउन
त्यसैले प्यारा ! खोल्दिनुस् सारा ढुक्क रमाउन ।

उमेर बाधा हुँदैन ब्याधा यो चोखो मायामा
फुल्न है दिनु मायाको चिनु यो छत्रछायामा ।
यो चोखो माया नफाली काया फुलाई फलाई
साँच्नु छ दामी बाँच्नु छ हामी गरेर भलाइ ।

जे सरे सर्छ के गर्नु पर्छ ? अगाडि सर्दछु
मायामा दागे ’जाइ’ मा लागे परे म मर्दछु ।
कारण हाम्रो होस् सब राम्रो स्वच्छ छ चाहना
सबका प्यारा सुरस धारा सुरक्षा कामना !

यी मुटु मिल्न बाधा यी निल्न चाहिन्छ समाज
सुन्दिनुस् स्वर मायाको जोर हो माग यै आज ।
सबैको हात मायाको साथ जुराइदेऊ है
हे ईश ! सुन मनको धुन पु¥याइदेऊ है ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।