बुढानिलकण्ठमा उपभोक्ता समितीबाट संचालित योजनाको अनिवार्य सामाजिक परिक्षण हुने

बुढानिलकण्ठमा उपभोक्ता समितीबाट संचालित योजनाको अनिवार्य सामाजिक परिक्षण हुने

कपन अनलाइन

काठमाडौं असार ९।

बुढानिलकण्ठ नगरपालिकामा उपभोक्ता समितीबाट संचालित योजनाको अनिवार्य सामाजिक परिक्षण हुने भएको छ। नगरपालिकाले आव २०८०/८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उपभोक्ता समितीबाट संचालनमा आउने योजनाहरुको अनिवार्य सामाजिक परिक्षण गर्ने नीतिलाई कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको छ ।

बुढानीलकण्ठ नगरपालिका नगर सभाको १२ औं अधिवेशन नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा असार ०७ गतेबाट सुरु भएको छ। सभामा नगरप्रमुख, उपप्रमुख, नगरसभा सदस्य लगायत नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेकाे थियो ।

नगर प्रमुख मिठाराम अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पर्यटन खण्डको उपखण्ड( ङ्ग ) मा बुढानिलकण्ठ मन्दिरलाई देशकै एक विसिस्ट धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने उल्लेख गरिएको छ।

सो नीति तथा कार्यक्रमका अनुसार मन्दिर भित्रका साना संरचना हटाउने र ससो स्थानमा रहेका  सटर खाली गरि रंग रोगन गर्ने उल्लेख गरिएको छ भने हाल रहेको सार्वजनिक सौचालयका स्थानमा सुविधा सम्पन्न सार्वजनिक सौचालय निर्माण गर्ने कार्यक्रम अगाडी सारिएको छ।

 

तपाइँको प्रतिक्रिया ।