प्रकृति, प्रवृत्ति र पर्यावरण : राजेशमान के.सी.
कपन अनलाइन
काठमाडौं असार ९।
पृथ्वीमा अवस्थित घाम, पानी, माटो, वायु, आकाश जस्ता पाँच तत्वहरुको अन्योन्याश्रित अन्तरसम्बन्धबाट सृजित जीवानुकूल परिस्थिति नै प्रकृति हो । प्रकृति शान्त अनि सुरम्य हुन्छ र यो आफ्नो नियमित गतिमा चलिरहेको हुन्छ । प्रकृतिको यस नियमित प्रक्रियाका कारण नै पृथ्वी जीव अनुकूलको ग्रह बन्न पुगेको छ र हामी जीवित प्राणीको रुपमा रहन सकेका छौँ । तर प्रकृतिमा कहिलेकाहीँ विचलन आइदिनाले र कतिपय अवस्थामा मानवीय लापरबाहीकै कारणले गर्दा प्रकृतिले आप्mनो उग्र रुप देखाउन पुग्दछ । जसको प्रत्यक्ष उदाहरण बाढी, पहिरो, भू–क्षय, भूकम्प, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि आदिलाई लिन सकिन्छ ।
प्रकृतिले देखाउने यस्तो उग्र रुपलाई हामी प्राकृतिक प्रकोप अथवा प्राकृतिक विपद् पनि भन्ने गर्दछौँ । हामी मानव जातिको भौतिक शरीर पनि पृथ्वी, जल, वायु, अग्नी र आकाश जस्ता पाँच तत्वहरुबाट नै निर्माण भएको हुन्छ । र, हाम्रो मृत्यु पछि हाम्रो भौतिक शरीर पनि पृथ्वीको यिनै पाँच तत्वहरुमा विलिन हुन पुग्दछन् । त्यसैले यी पाँच तत्वहरु हाम्रो सोच, संस्कार र प्रवृत्तिसँग पनि कुनै न कुनै रुपमा गाँसिएका
हुन्छन् । जस्तो मानिसहरुले प्राकृतिक सम्पदालाई आप्mनो स्वार्थ अनुकूल प्रयोग गर्ने, रुख–विरुवा जथाभावी काट्ने र समग्र पर्यावरणीय सन्तुलनप्रति हेलचेक्रयाईं गर्ने प्रवृक्तिले गर्दा विश्वमा अहिले विभिन्न प्राकृतिक प्रकोप संगसंगै वातावरणीय असन्तुलनको समस्या पनि बढ्दै गइरहेको देखिन्छ । विश्वमा अहिले मानिसको अाँखाले देख्नै नसकिने अति नै सूक्ष्म जिवाणु कोरोना भाइरसले जुन किसिमबाट महामारी फैलायो, त्यसको प्रमुख कारण पनि कुनै न कुनै रुपमा मानवीय लापरबाही अथवा हेलचेत्र्mयाँइ नै रहेको देखिएको छ ।
नेपाल पनि एउटा प्राकृतिक प्रकोपबाट प्रभावित मुलुक हो । मानिसहरुले प्राकृतिक सम्पदाको ख्यालै नराखी जथाभावी वनविनाश गरिदिनाले वातावरणीय असन्तुलन बढ्न गई यहाँ बाढी, पहिरा,े भू–क्षय आदि जस्ता प्राकृतिक प्रकोपको समस्या देखा पर्ने गरेका छन् । खासगरी वर्षातको मौसम सुरु हुने वित्तिकै बाढी, पहिरो र भू–क्षय जस्ता प्राकृतिक प्रकोपको समस्याले ताण्डब लिला मच्चाउने र यसबाट जनधनको ठूलो क्षेति हुने गरेको छ । वनजंगलको कुरा गर्दा हाम्रो मुलुकमा कतिपय कार्यहरुमा वन पैदावरकै प्रयोग गर्ने परिपाटी अझै पनि व्यापक रुपमा चलिरहेको छ । २१ औँ शताव्दीको अहिलेको युगमा पनि हाम्रो मुलुकमा झण्डै ८० प्रतिशत उर्जा वनजङ्गल– मार्फत् प्राप्त हुने काठ–दाउराबाट आपूर्ति भइरहेको छ । यसरी तीव्र गतिमा भइरहेको वनजंगल फँडानीकै कारण वातावरणीय असन्तुलन बढ्दै गईरहेको छ भने जुन अनुपातमा वनजंगलमाथि अतिक्रमण भईरहेको छ, सोही अनुरुप वातावरणीय प्रदूषण पनि बढीरहेको
छ । बाढी–पहिरो, भू–क्षय, अनियमित वर्षा र शीत लहर जस्ता प्राकृतिक प्रकोपहरु मूलतः वन फँडानीकै परिणाम हुन् ।
वातावरणविद्हरुका अनुसार कुनै पनि मुलुकमा वातावरणीय सन्तुलन कायम राख्न देशको कूल क्षेत्रफलमध्ये कम्तीमा पनि ४० प्रतिशत वनजंगलले ढाकेको हुनु पर्दछ । तर नेपालमा हाल करीव ३० प्रतिशत मात्र वनजंगल बाँकी रहेको र त्यसमा पनि ह्रास आउने क्रम रोकिन सकेको छैन । त्यसमाथि अव्यवस्थित रुपमा भौतिक संरचनाहरु निर्माणका कारण भएका वन क्षेत्रहरु पनि क्रमिक रुपमा अतिक्रमित बन्दै गइरहेका छन् । जसले गर्दा वातावरणीय विनाश तीव्र गतिमा भइरहेको छ । यसरी बढ्दो वातावरणीय असन्तुलनले एकातिर जलवायु परिवर्तनको समस्या सिर्जना गरिरहेको छ भने अर्कोतिर जलवायु परिवर्तनकै कारण नेपालमा यसको प्रतिकूल असर पर्न गई देशको प्रमुख आयस्रोत मानिने कृषि उत्पादनमा समेत ह्रास आइरहेको छ । जसको परिणामस्वरुप केही दशक अघिसम्म खाद्यान्न निर्यात गर्ने मुलुक अहिले आएर खाद्य आयात गर्नुपर्ने अवस्थामा पुगेको छ । नेपालले अहिले वर्षेनी ठूलो परिमाणमा मकै, गहुँ, पीठो, चामल आदि जस्ता खाद्य सामग्रीहरु भारत लगायत विभिन्न मुलुकहरुबाट आयात गरिरहेको छ ।
त्यसो त वातावरणीय विनाशको यो संकटमय स्थिति निम्त्याउने कार्यमा हामी मानव जाति नै बढी जिम्मेवार रहेको देखिन्छ । त्यसैले वातावरणीय विनाशलाई अरु जटिल बन्न नदिने प्रमुख अभिभारा पनि हामी मानव जातिकै हो । वास्तबमा हामी सबै मानव जातिको प्रमुख उद्देश्य भनेको आप्mनो जीवनलाई सुखी बनाउनु नै हो, आनन्दमय तुल्याउनु नै हो । स्वच्छ वातावरण सँगसँगै राम्रो सोच र असल प्रवृत्तिबाट नै हामी आप्mनो जीवनलाई सुखी र आनन्दमय तुल्याउन सक्तछौँ । यसको लागि पृथ्वीमा विद्यमान प्राकृतिक सम्पदा र वनजंगलको संरक्षण–सम्बर्धन गर्नु हामी सबैको दायित्व र कर्तव्य हो । बोट–विरुवाले नै हामीलाई प्राणवायु प्रदान गर्ने हुनाले यसको संरक्षणबाट हाम्रो शरीर स्वस्थ रहनुको साथै हाम्रो सोच र प्रवृत्ति पनि राम्रो बन्न पुग्दछ । जब हाम्रो सोच र प्रवृत्ति राम्रो हुन्छ तब हाम्रो जीवन पनि खुसी र आनन्दमय बन्न पुग्दछ ।
पर्यावरण संरक्षणकै कुरा गर्दा तुलसी र पीपल जस्ता बोट विरुवाहरुलाई ईश्वरकै प्रतीकका रुपमा पूजा गर्ने परम्परादेखी नै हाम्रो प्रचलन रहिआएको हो । स्वास्थ्य र पर्यावरणीय स्वच्छताको दृष्टिले यी बोटविरुवाहरु अत्यन्त उपयोगी रहेको कुरा विज्ञानले पनि प्रमाणित गरिसकेको छ । तुलसीको पत्ता स्वास्थ्य र पर्यावरणीय दृष्टिले अत्यन्त उपयोगी वनस्पति मानिन्छ भने पीपलको बोटले त हामीलाई चौविसै घण्टा अक्सिजन प्रदान गर्दछ । जबकि अन्य बोट विरुवाहरुले बिहान अक्सिजन र राती कार्वनडाइअक्साइड छाड्ने गर्दछ । अब मानव जीवनमा अक्सिजनको महत्व कति रहेको छ भन्ने कुरा त कोरोनाकालमा कतिपय संक्रमित व्यक्तिहरुले अक्सिजन कमीकै कारण ज्यान गुमाउनु परेको दुःखद् घटना हामीले देखिसकेका छौँ ।
तसर्थ हाम्रो सनातन धर्म प्रतिको आस्था, सकारात्मक प्रवृत्ति र आध्यात्मिक जागरणले पनि हामीलाई पर्यावरण संरक्षणतर्फ अभिप्रेरित गर्ने गर्दछ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।